दोलखा – जिल्लाको शैलुङगेश्वर गाउँमा बाबुले छोराको हत्या गरेका छन् । शैलुङ गाउँपालिका ४ बस्ने २२ बर्से वेदबहादुर केसीलाई उनकै बाबु चुडाबहादुरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

मृतक केसी जन्मजातै कान नसुन्ने बिरामी थिए । प्रहरीका अनुसार वैशाख २ गतेदेखि हराइरहेका केसी बुधबार गाउँ नजिकैको खहरे खोलामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरीका इन्सपेक्टर रेसम बोहोराका अनुसार मृतक वेदबहादुर बिरामी रहेको र जताततै दिसा पिसाब गरेर फोहोर गर्दै हिँड्ने साथै २ गतेको उक्त दिन समेत घरमा फोहोर गरेपछि आवेशमा आएका बाबु चुडाबहादुरले ह्यामरले हानेर छोराको हत्या गरेका थिए ।

टाउकोमा ह्यामरको चोट लगतै सख्त घाइते भएका केसीको घटनास्थलमै मृत्यु भएको र उनको शव ब्ल्यांकेटमा पोको पारी नजिकको खहरे खोलामा लगेर फालिएको बयान प्रहरीसामु बाबु चुडाबहादुरले दिएका छन् । २ गतेदेखि नै गाउँबाट वेदबहादुर बेपत्ता भएपछि प्रहरीले खोजी गरिरहेको थियो। नागरिकबाट


तपाईको प्रतिक्रिया