सुम्मी श्रेष्ठ
विद्यालय कोडिनेटर (ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान)

0 ज्ञानकुञ्ज कस्तो खालको शैक्षिक संस्था हो ? यहाँ कस्तो खालको शिक्षा प्रदान हुन्छ ?
– आम अभिभावकहरुले चाहना आफ्ना छोराछोरीले राम्रो शिक्षा पाउन भन्ने हुन्छ । अहिले भर्नाको समय भएकाले राम्रो शैक्षिक संस्थाको खोजीमा रहनु भएको छ । हरेक विद्यालयले सबै सुविधा प्रदान गर्न सकेका हुँदैनन् । तर काभ्रेको बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा शैक्षिक तथा भौतिक सुविधा सम्पन्न रहेको छ ।

हामीले विशुद्ध शैक्षिक कृयाकलापहरुमात्रै संचालन गरेका छैनौ । हामीले हाम्रा उत्पादनले देश निर्माणका लागि योगदान पु¥याउन सक्ने हिसावले शिक्षा विद्यार्थीको लागि, विद्यार्थी देशको लागि’’, भन्ने मूल नाराका साथ ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान काभ्रे जिल्ला लगायत आसपासका जिल्लाहरुको गुणस्तरीय शिक्षाको मागलाई पूरा गर्ने उद्देश्यको साथ स्थापना गरिएको विशुद्ध शैक्षिक संस्था हो ।

काभ्रे जिल्लाको बनेपा–नगरपालिकाको मुटु वडा नं. ८ स्थित, सुन्दर, शान्त र रमणीय वातावरणमा यो विद्यालय रहेको छ । गुणस्तरीय शिक्षामा समर्पित भएर विद्यार्थीहरुमा सकारात्मक चिन्तन, नैतिकता, व्याबहारिक, सिर्जनशीलता, विश्वासनीयता र युग सुहाउदो व्यवहारिक तथा व्यवसायिक शिक्षा दिई सक्षम नागरिक तयार पार्ने उद्देश्य लिएको छ । काभ्रे जिल्लामा गुणस्तरीय शिक्षाका लागि नेतृत्वदायी संस्थाका रुपमा स्थापना हुनु यस संस्थाको मुख्य लक्ष्य रहेको छ ।

0 यो विद्यालय नै अभिभावकले किन रोज्ने ?
– विद्यालय समाजको अभिन्न अगं हो । कुनै पनि विद्यालयको गुणस्तरीय शिक्षा, भौतिक संरचना, सुरक्षा व्यवस्था, शैक्षिक सामग्री, पारिवारिक वातावरण, विद्यालयको व्यवस्थापन उचित भएपछि नै उक्त विद्यालय प्रति अभिभावकको धारणा सकारात्मक हुन जान्छ र यस किसिमको सम्पूर्ण व्यवस्था यस प्रतिष्ठानमा रहेको हँुदाँ अभिभावकहरुले यस प्रतिष्ठान प्रति सकारात्मक सोचका साथ रोज्न सक्नुहुन्छ ।

 

0 यो विद्यालयको उत्पादन कहाँ पुग्न भएको छ ?
– नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको लागि ज्ञानकुञ्ज भन्ने मूल नारा अनुरुप प्रतिष्ठानले विभिन्न क्षेत्रहरुमा स्वरोजगार, नेतृत्वदायी, कुशल जनशक्ति तयार पारी देश लगायत अन्तराष्ट्रिय स्तरमा शैक्षिक, स्वास्थ्य, प्रशासनिक, निजामती, बैकिङ्ग, सेना, प्रहरी, उद्योगी, व्यापारी, ऐजेन्सी, इत्यादि तहहरुमा आवश्यक पर्ने जनशक्ति पु¥याउन सफल भएका छौँ ।

0 प्ले ग्रुपदेखि स्नाकोत्तर तहसम्मको पढाई कसरी पूरा गर्नु भएको छ ?
– प्रतिष्ठान अन्तर्गत कलेज तहमा बिहान कक्षा ११ देखि स्नातकोत्तर तहसम्मको पढाईकोे व्यवस्था गरिएको छ भने दिउँसो विद्यालयमा कक्षा प्ले ग्रुपदेखि कक्षा १० सम्मको शिक्षण सिकाइ हँुदै आइरहेको छ । साथ साथै विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि समय तालिका मिलाई प्ले ग्रुप देखि स्नाकोत्तर सम्म सम्बन्धित विज्ञहरुबाट तालिम, परामर्श, अध्यापन गराई रहेका छौ । यस्तो क्रियाकलापबाट विद्यार्थीहरुमा राम्रो नतिजा आइरहेको छ ।

0 विद्यालयमा मानव स्रोतसाधन, भौतिक पूर्वाधारको अवस्था कस्तो छ ?
– विद्यालयमा उच्च दक्षता प्राप्त मानव संसाधनको व्यवस्था, शिक्षकहरुको लागि समय समयमा तालिम प्रदान, स्तर अनुुसार विषयगत रुपमा दक्ष जनशक्तिद्धारा विद्यालय सञ्चालन भइरहेको छ । भौतिक पूर्वाधारको विषयमा विद्यालयको आफ्नै व्यवस्थित पक्की भवन रहेको छ । नेपाल सरकारको व्यवस्था अनुरुप पठन पाठनको लागि उचित कक्षा कोठा, डेक्स बेन्च, शौचालय, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर प्रयोगशाला, मल्टीमिडिया कक्षा, खेलमैदानको व्यवस्था छ ।

 

0 अतिरिक्त क्रियाकलाप कसरी सञ्चालन गर्नु भएको छ ?
– पूर्व प्राथमिक तहदेखि माध्यमिक तहसम्म छुट्टा छुट्टै क्रियाकलापहरु गराइन्छ । साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार स्टेज कार्यक्रम गर्दै आइरहेका छौ । जस्तैः नृत्य, गायन, खेलकुद, पौडी, पिकनिक, स्थलगत भ्रमण, शैक्षिक भ्रमण, हाजिरी जवाफ, बक्तृत्वकला चित्रकला, साहित्य, कथा, कविता, गीत, नेतृत्व विकास जस्ता क्रियाकलापहरु गराउँदा विद्यार्थीहरुको चौतर्फी विकासमा बढि जोड दिइन्छ ।

0 साना ठूला कक्षाको व्यवस्थापन कसरी गर्नु भएको छ ?
– बालमैत्री वातावरण सहित कक्षा प्ले गु्रपदेखि कक्षा तीनसम्म कक्षा शिक्षण हुन्छ । कक्षा चारदेखि कक्षा दशसम्म विषयगत रुपमा छुट्टा छुट्टै विषयको दक्ष शिक्षकद्धारा अध्ययन अध्यापन गराइन्छ । प्रत्येक कक्षाहरुमा २० देखि २५ जनासम्म मात्र विद्यार्थीहरु राखिन्छ ।

0 काभ्रेको शैक्षिक तथा सामाजिक क्रियाकलापमा यसको योगदान कस्तो छ ?
– गुणस्तरीय शिक्षाको लागि उपत्यका नै धाउन वाध्य विद्यार्थीहरुको लागि यस प्रतिष्ठान पर्यायको रुपमा रहेको छ । अभिभावहरुको आशा तथा भरोसा पूर्ण रुपमा सफल बनाउन हामीले नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षामा विशेष जोड दिदै आइरहेका छौँ । फलस्वरुप यस विद्यालयबाट शिक्षा हासिल गरि स्वदेश तथा विदेशमा विद्यालय, अभिभावक तथा स्वयमको नाम राख्न सफल भएका छन् ।

साथै यस विद्यालयले समाजमा विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको छ । धार्मिक कार्यस्थलहरुको सरसफाई, स्थानिय पर्वहरुमा स्वयम सेवकको व्यवस्था, खानेपानी वितरण, समाजका प्रतिष्ठित शिक्षा सेवीहरुलाई सम्मान, सामुदायिक विद्यालयमा पोशाक, व्याग तथा पुस्तक वितरण, आर्थिक तथा नैतिक सहयोगहरु पु¥याउदै आइरहेको छ ।

0 परीक्षा लिने प्रणाली कस्तो छ ?
– परीक्षा भनेको निश्चित समयअवधिमा विषयवस्तुको प्राप्ति कुन हद सम्म भयो भनेर विषयवस्तुको उपलब्धी जाँच्ने साधन हो । परीक्षाले कण्ठ गरेका वा बुभ्mन सकेका कुराहरु मात्र जाँच्दछ । यो मूल्याङ्कनको एक साधन मात्र हो । यस संस्थामा पाठको अन्त्यमा लिइने परीक्षा, एकाइ परीक्षा, त्रैमासिक परीक्षा, अर्धवार्षिक परीक्षा, वार्षिक परीक्षा लिने गरेका छौँ । परीक्षाको परीक्षाफल अक्षराङ्कन प्रणालीमा प्रकाशित गरिन्छ । साथै विभिन्न विषयको प्रयोगात्मक परीक्षाहरु पनि लिने गरिन्छ ।

0 होस्टेलको सुविधा र यातायातको सुविधा छ ?
– प्रतिष्ठानमा सुविधा सम्पन्न पारिवारिक वातावरणको छात्रावास रहेको छ । प्रतिष्ठानले विद्यालय तहको लागि बनेका आसपासका क्षेत्रहरु पनौती, धुलिखेल, बाँसडोल, नालासम्म यातायातको सुविधा प्रदान गरिरहेको छ ।

0 विद्यार्थी रमाउँदै विद्यालय आउने अवस्था छ ।
– बालमैत्री वातावरण अनुसार शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाइने, उचित कक्षाकोठा, खेलमैदान अर्थात विद्यार्थीको लागि आवश्यक पर्ने सम्पूर्ण सुविधा भएको हुँदा अवश्य नै विद्यार्थीहरु विद्यालयको वातावरणमा रमाउन सकेका छन् ।

0 अन्त्यमा ?
– सम्पूर्ण विद्यार्थी, अभिभावक, शुभ–चिन्तकज्यूहरुमा नव वर्ष २०७६ को हार्दिक मङ्ंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । साथै शैक्षिक सत्रको सुरुवात भएको हँुदा आफ्ना नानी बाबुहरुको लागि एक पटक विद्यालयको भ्रमण गरिदिनुहुन अनुरोध गर्दछु ।


तपाईको प्रतिक्रिया