काठमाडौँ – लोक तथा दोहोरी गायक रामजी खाँड र गायिका अनिता चलाउनेको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो शनिबार राजधानीको व्यस्त ठाउँ रत्नपार्कमा छायांकन भएको छ।

“काउली बुढी”को नामले परिचित सन्ध्या बुढा र “फुलेन्देको आमा” मोडल अञ्जलि अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको यस गीतलाई निर्देशक प्रकाश भट्टले निर्देशन गरेका हुन् भने राजेश घिमिरेले खिचेका हुन् । काउली बुढी र फुलेन्देको आमाले घम्साघम्सी दोहोरी समेत खेलेका थिए ।

https://youtu.be/qGuOf1LdRAs


तपाईको प्रतिक्रिया