धुलिखेल – काभ्रे तथा आसपासका जिल्लाहरुकै पहिलो सामुदायिक रेडियो नमोबुद्ध एफएम १०६.७ मेघाहर्ज निरन्तर जनताको र समुदायको पक्षमा वलालत गरिरहेको हुन्छ ।
नमोबुद्ध एफएमले कहिल्यै हिन्दी गित बजाउँदैन, विभिन्न जातजातीको कार्यक्रमलाई फोकस गर्छ । मातृभाषाको कार्यक्रमलाई निरन्तर प्रोत्साहन गरेर सामुदायिक रेडियोमा अब्बल रहेको छ नमोबुद्ध ।

‘चाउचाउको सट्टा मकै भटमासलाई खाजाको रुपमा प्रयोग गर्न सकिन्छ’ काभ्रेको रेडियो नमोबुद्ध एफएमले एक सातादेखि यस्तो जिंगल बजाउँदै आएको थियो । उसले बुधवारवाट आफूले गरेको तयारी स्वरुप कार्यक्रम समेत संचालन गरिसकेको छ । कार्यक्रम पुष्पा हायुले संचालन गर्नेछिन् । ‘हाम्रा पूर्वजहरुले मिलाएर खान्थे र धेरै उमेरसम्म बाँच्दथे अहिले खानाको प्रयोग गर्न नजान्दा कम उमेरमै धेरै रोगले सताउन थालेको छ’ रेडियो नमोबुद्धका स्टेशज म्यानेजर हिरामान लामाले सुनाए । त्यो अवस्थामा कमी ल्याउनको लागि रेडियाले हाम्रो भान्साघर कार्यक्रम समेत सुरु गरेको छ ।
नेपालीहरुले अस्वस्थ्य खानपानकै कारणले धेरै समस्या भोग्दै आएकोमा त्यसलाई कम गराउन नमोबुद्धले रेडियो कार्यक्रम सुरुगरेको लामाले बताए ।

रैथाने सँस्कृतीलाई बढाउन र सामाजिक उत्तर दायित्व बोक्दै रेडियो नमोबुद्धले ग्लोबल नेपालीज् सेफ फेडेरेसन र क्षेत्रीय होटल संघसँगको सहकार्यमा खाना खाजा खाने तरिका सिकाउने कार्यक्रम सुरु गरेको छ । यस्तो कार्यक्रम काभ्रेमै पहिलो कार्यक्रम हो । ‘हामीले दैनिक रुपमा खाएको खाना र खाजाले हाम्रो मानव स्वास्थ्यलाई फाईदा पु¥याउँछ भन्ने छैन त्यसको प्रयोग नजान्दा त्यसले असर पारिरहेको हुन सक्छ’ क्षेत्रीय होटल संघ धुलिखेलका सचिव जोस्ना सैंजूले भनिन् ।

ग्लोबल नेपालीज् सेफ फेडेरेसनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले नेपालकै उत्पादनहरुलाई प्रोत्साहन गराउन रेडियो कार्यक्रमले राम्रो भुमिका खेल्ने बताए । ‘हामीले हाम्रा खेतबारीमा हुने उत्पादनवाटै राम्रो खानेकुरा बनाउन सक्छौ त्यो जंग फुडको विकल्प समेत हो’ अध्यक्ष भण्डारीले सुनाए ।ग्लोबल नेपलीज् सेफ फेडेरेसनका महासचिव मोहन गजुरेलले नेपालकै रैथानी मकै भटमास,ढिडोलाई अब खाना तथा खाजाको रुपमा विकास गराउन रेडियो कार्यक्रमले भुमिका खेल्ने बताए ।

हामीसँग रहेको कोदो फापर,कोदो,सिस्नु,सिल्पिकान,कोइराल लगायतका कृषि उपजवाट धेरै खानेकुरा बन्ने भएकाले त्यसलाई प्रोत्साहन गराउने तर्फ आफूहरुले निरन्तर लागेको गजुरेलले बताए ।
मकै भटमास,ढिडो,रोटीसँगै दुधजन्य उत्पादनलाई जोड दिने यस्ता कार्यक्रम फलदायी हुने तपेश्वर माध्यामिक विद्यालयका शिक्षक सुरेन्द्रप्रसाद पौेडेलले भने । ‘हामीले मकै भटमास खाएको दिनको शरिर मासु खाजा खाएको दिनको शरिरमा उर्जानै फरक हुने भएकाले जंग फुडको विकल्पको रुपमा रैथाने खाना खाजा राम्रो हो’ पौडेलले भने ।

रेडियो नमोबुद्धले हामीले खाने गरेको खाना कसरी खाने, भाडाहरुको सफाई कसरी गर्ने र जंङ फूडवाट कसरी टाढा रहने भन्ने सन्देश बोकेको रेडियो कार्यक्रमलाई ग्लोबल नेपलीज् सेफ फेडेरेसन तथा क्षेत्रीय होटल संघले सहयोग गर्ने भएको छ । बुधवार रेडियोको स्टुडियोमै पुगेर दुबै संस्थाका पदाधिकारीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन्


तपाईको प्रतिक्रिया