बनेपा – बेथानचोक खबर डटकमका सम्पादक केशवराज पौडेल काभ्रेको भुम्लु गाँउपालिकाको प्रेस सल्लाहकारमा नियुक्त हुनु भएको छ ।

मंगलवार बसेको भुम्लु गाँउपालिकाको कार्यपालिका बैठकवाट पौडेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । एक दशकदेखि काभ्रेमा सम्पादन विभागमा रहेका काम गर्दै आउनु भएका पौडेल फोटो पत्रकार महासंघ काभ्रेका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

राजधानी दैनिक र न्यूज २४ काभ्रेका संवाददाता पौडेल खबरचौतारी साप्ताहिकका कार्यकारी सम्पादक पनि हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया