यस प्याक अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टीभ भएपछि एक घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित प्रयोग गर्न सक्नेछन् ।

यसका अलावा १० मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असीमित भ्वाइस/डाटा/एसएमएस प्रयोग गर्न सकिनेछ । अलटाइम डाटा प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड/पोस्टपेड मोबाइलमा अलटाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । जसमा १२ रुपैयाँदेखि ९९० रुपैयाँसम्मका प्याक उपलब्ध छन् । डे डाटा प्याकमा नौ रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ५५ एमबी डाटा चलाउन सकिन्छ ।

त्यस्तै एक जीबी पर डे डाटा प्याकमा ४५ रुपैयाँमा एक दिनका लागि एक जीबी डाटा भोल्युम उपलब्ध हुनेछ । साथै दुई सय ५० रुपैयाँमा सात दिनका लागि सात जीबी र आठ सय ५० रुपैयाँमा २८ दिनका लागि २८ जीबी डाटा भोल्युम उपलब्ध हुनेछ । यसका साथै कम्पनीले नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसियल मिडिया प्याक ल्याएको छ ।

सोसल मिडिया प्याकमा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिनेछ । यस अन्तर्गत ६ रुपैयाँमा ३६ एमबी डाटा एक दिन, ३० रुपैयाँमा १५० एमबी डाटा तीन दिन र ६० रुपैयाँमा ३२५ एमबी डाटा सात दिनका लागि २४ सै घण्टा उपलब्ध हुनेछ । अन्नपूर्णमा खबर छ ।


तपाईको प्रतिक्रिया