दोलालघाट – निर्वाचनमा बोलेका प्रतिबद्धता पुरा गराउने अभियानमा काभ्रेको भुम्लु गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवर अग्रस्थानमा देखिएका छन् ।

कोशीपारिको डाँडामा डिप बोरिङ मार्फत खानेपानीको समस्या समाधान गराउने,बाँदरवाट जोगिने उत्पादनहरु तुलसी रोप्ने अभियानमा लागेका उनी २५ बर्षदेखिको कोशीपारिबासीको सपनालाई पुरा गराउँदै आजवाट सिलामे,सापिङ,सिम्थली र बेखसिम्लेसम्म पु¥याएका छन् । दोलालघाटमा गाँउपालिका अध्यक्ष कुँवरसँगै अरनिको यातायात सेवा समितिका अध्यक्ष चित्रबहादुर कुँवर बरिष्ठ उपाध्यक्ष नृपध्वज महत लगायतकाले अरनिको यातायात सेवा समितिको बसलाई स्वागत गरेका छन् । काभ्रेको कोशीपारि धेरै कुराले पछि परेको छ भन्ने कुरा तोडाउने अभियानको रुपमा सो बस सेवा संचालन भएको स्थानीयले बताएका छन् । स्थानीय तहको निर्वाचनसँगै कोशीपारिको भुम्लुका सबै गाँउहरुमा बस सेवा विस्तार भएको छ ।

यो सडकवाट अब स्थानीय जनताले ३ घन्टा दुरी छोटिएको छ । सडक निर्माण सुरु गरेको २५ बर्षपछि काभ्रेको भुम्लु गाँउपालिकाको सिलामे,सापिङ,सिम्थली र बेखसिम्लेसम्म राजधानी काठमाण्डौंवाट सिधै यातायात पुगेको छ । यसको श्रेय स्थानीय तहका प्रमुखहरुलाई जान्छ । स्थानीय तहको निर्वाचनमा गाँउपालिका अध्यक्ष गुमानध्वज कुँवरले सिलामे,सापिङ,सिम्थली र बेखसिम्लेसम्म निर्वाचित भएको दुई बर्षभित्रमा सार्वजनिक यातायात संचालन गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘ मैले निर्वाचनको समयमा बोलेको कुराहरु यतीबेला पुरा हुँदै गएको छ’ अध्यक्ष कुँवरले भने ‘मेरो गाँउपालिकाको मात्रै हैन छिमेकी जिल्ला सिन्धुपाल्चोक र रामेछापका स्थानीयलाई समेत सडक निर्माण भएसँगै टेवा पुग्नेछ ।’ गाँउपालिकाले यो बर्षमात्रै सो सडकको स्तरोन्नतीको लागि ५ लाख रकम विनियोजन गरेको थियो । साविकको गाविस भएको बखतमा करोडौ रुपैया सो सडकमा लागेको अध्यक्ष कुँवरले बताए । २०५२ सालमा तत्कालिन गाँउ विकास समितिका अध्यक्ष देवीबहादुर पन्तले दोलालघाटपारिपट्टीवाट सडक खन्दा सापिङ पुग्न १८ किलोमिटर छोटो हुने देखेर सडक खन्न सुरु गरेका थिए ।

दोलालघाट, सल्ले, चौवास गुरासे सडकको भर पर्दै आएका स्थानीयहरुले सोमवारवाट अरनिको यातायात सेवा समितिले दैनिक दुईओटा बस संचालनमा ल्याएको छ । दोलालघाटमा गाँउपालिका अध्यक्ष कुँवरले रिवन काटेर बस सेवाको सुभारम्भ गरेका छन् । कोशीपारिमा दैनिक अरनिको यातायात सेवा समितिले ४३ ओटा बसहरु संचालन गरेकोमा सो रुटमा अझ व्यवस्थित रुपमा थप गाडीहरु संचालन गरिने समितिका अध्यक्ष चित्रबहादुर कँुवरले बताए । काभ्रेको विकट गाँउपालिकाको रुपमा रहेको भुम्लु गाँउपालिकाले स्थानीय तहको निर्वाचनपछि क्रमशः आफूलाई सफल बनाउने चरणमा अघि बढेको छ । यातायात सेवा सुरु भएसँगै त्यहाँका स्थानीयमा उर्जा थपिएको छ ।


तपाईको प्रतिक्रिया