बिमल न्यौपाने केही नयाँ कुरा गर्नु पर्छ भनेर सामाजिक सेवामा कृयाशिल युवा हुन् । काभ्रेको कुशादेवी क्षेत्रमा शैक्षिक सुधारको लागि न्यौपानेले असाँध्यै मेहनत गरेर काम गरिरहेका छन् ।

२०५२ सालमा यस विहावर क्षेत्रका अग्रज व्यक्तिवहरु राजकुमार सापकोटा, कूलप्रसाद सापकोटा, वेदप्रसाद सापकोटा, कृष्ण न्यौपाने लगायतका व्यक्तिहरुद्वारा शिक्षाको उज्यालो घामबाट कुनैपनि बालबालिकाहरु गुणस्तरीय शिक्षाबाट बञ्चित हुन नपरोस् भनी गाउँमै अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्ने उद्देश्य लगायत स्थानीय रोजगारीको पनि सुविधा होस् भन्ने उद्देश्यले करिब २४ वर्ष अगाडि यस विद्यालयको स्थापना भएको विद्यालयको पिन्सिपल बिमल न्यौपाने हुन् । उनको शिक्षकहरुको नेतृत्व गरिरहेका छन् । उनै प्रिन्सिपल न्यौपानेसँग सम्पादक केशवराज पौडेलले गरेको कुराकानीको संम्पादित अंश :

 

० ग्रामीण क्षेत्रमा स्थापना भएका नीजि विद्यालयले कस्ता खालका समस्या भोग्दै आइरहेका छन् ?

–     वास्तवमै ग्रामीण क्षेत्रमा स्थापना भएका नीजि विद्यालयहरुले धेरै समस्या भोग्दै आइरहेका छन् । न्यून आर्थिक स्तर भएका अभिभावकहरुसँग थोरै शुल्क लिएर विद्यार्थीको सर्वाङ्गिण विकासका लागि सम्पूर्ण सेवा सुविधाहरु उपलब्ध गराई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने तथा अत्याधुनिक समयमा काठमाडौं तथा अन्य शहरमा रहेका अत्याधिक महंगा विद्यालयहरुको भोतिक संरचना तथा प्रभावसँग तुलना गर्दै ग्रामीण भेगका विद्यालयसँग दाँज्ने जस्ता समस्या भोग्दै आएका छन् । सँगसँगै धेरै मात्रामा पारिश्रमिक प्रदान गरिरहँदा पनि ग्रामीण क्षेत्रमा विकासका पूर्वाधारहरु विकशित नहुँदा मुख्य विषयमाका शिक्षक÷शिक्षिकाहरु लामो समयसम्म सेवा प्रदान नगर्ने÷नटिक्ने जस्ता समस्याहरु भोग्दै आएका छन् ।

 

० न्यू राइजिङ्ग इङ्गलिस बोर्डिङ्ग स्कूल कुन उद्देश्यले स्थापना भएको हो ?

–     २०५२ सालमा यस विहावर क्षेत्रका अग्रज व्यक्तिवहरु राजकुमार सापकोटा, कूलप्रसाद सापकोटा, वेदप्रसाद सापकोटा, कृष्ण न्यौपाने लगायतका व्यक्तिहरुद्वारा शिक्षाको उज्यालो घामबाट कुनैपनि बालबालिकाहरु गुणस्तरीय शिक्षाबाट बञ्चित हुन नपरोस् भनी गाउँमै अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्ने उद्देश्य लगायत स्थानीय रोजगारीको पनि सुविधा होस् भन्ने उद्देश्यले करिब २४ वर्ष अगाडि यस विद्यालयको स्थापना भएको हो ।

 

० विहावर क्षेत्रको शैक्षिक विकासमा यो विद्यालयको योगदान कस्तो छ ?

–     न्यूनतम शुल्कमा स्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयले सयौं विद्यार्थीहरु उत्पादन गरी विभिन्न क्षेत्रमा अब्बल दक्ष जनशक्तिका रुपमा स्थापित भई समाज विकासमा योगदान पु¥याइरहेका छन् । यस विद्यालयको पूर्व विद्यार्थीहरु कोही मेडिकल अफिसर, पाइलट, इन्जिनियर, नर्स, शिक्षक शिक्षिका जस्ता विभिन्न पेशामा उत्कृष्टता हासिल गर िसमाज रुपमान्तरणमा अग्रणी भूमिका निर्वाह गरिएको पाउन सकिन्छ ।

 

० तपाईंको विद्यालयलाई आम अभिभावकले किन रोज्ने त ?

–     यस विद्यालयमा तपाईंका नानीबाबुहरुलाई उनले शैक्षिक विकासको साथमा सर्वाङ्गिण विकासका लागि मानवीय, चारित्रिक , साँस्कृतिक, व्यवहारिक, आत्मनिर्भरता एवं अनुशासन जस्ता जीवन जिउने कला र क्षमता विकासको होस् भन्ने अभिप्रायले भय र त्रास रहित, स्वस्थ, सफा, सुरक्षित, पारिवारिक बालमैत्री वातावरणमा शिक्षण सिकाई हुन्छ । त्यसका लागि यस विद्यालयका सम्पूर्ण गतिविधिहरु डिजिटलाइज प्रविधिसँग आवश्यकीय भौतिक तथा शैक्षिक सामाग्री सहितको वातावरण उपलब्धता रहेको छ ।

 

० तपाईंको विद्यालय के कारणले अरुको विद्यालय भन्दा भिन्न छ नि ?

–     स्थापनकालमा ८४ जना विद्यार्थीबाट शुरु गरिएको यस विद्यालयमा करिब ६०० जना विद्यार्थीहरु अहिले अध्ययनरत हुँदा आम अभिभावकहरुको यस विद्यालयप्रति मा र विश्वास बढ्दै गएको देखिन्छ । भविष्यमा विद्यार्थीलाई टिक्ने र बिक्ने बनाउनको लागि कम्प्युटराइज प्रविधि मार्फत सम्पूर्ण शैक्षिक गतिविधिहरुलाई प्रविधिमैत्री बनाइएको छ । विद्यार्थीको सम्पूर्ण गतिविधि अभिभकाले मोबाइल एप्स्मार्फत घरमै बसी जानकारी लिन सक्नुहुन्छ ।

 

० विद्यालयमा अतिरिक्त क्रियाकलापको व्यवस्था कस्तो छ नि ?

–     विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा सँगसँगै उनीहरुको शारीरिक विकासका लागि हामीले हप्तामा २ दिन म्युजिक क्लास, डान्स क्लास र खेलकुदका विभिन्न गतिविधिहरुमा सामेल गाराउँदै आएका छौं । यसले गर्दा विद्यार्थीको लुकेर रहेको प्रतिभालाई प्रस्फूटन गर्नका लागि विभिन्न विधाका प्रतियोगितामा सामेल गराउँदै एक्पोजर गराउँदै आएका छौं । पर्याप्त मात्रामा अतिरिक्त क्रियाकलापहरुका लागि आवश्यक पर्ने खेलकुद सामाग्री व्यवस्था गरिएको छ । समयसमयमा एक्सकर्सन, पिकनिक, भ्रमण, हाइकिङ, टे«किङमा समेत सामेल गराउँदै आएका छौं ।

 

० अभिभावक तपाईंको विद्यालयको शिक्षाप्रति किन ढुक्क हुने त ?

–     यस विद्यालयबाट विद्यालय शिक्षा पुरा गरेर आएका विद्यार्थीहरुको उच्च शिक्षामा जुन नतिजा र सफलता प्राप्त गरीरहेका छन् । त्यसप्रति अभिभावकहरु एकदमै सन्तुष्ट भएको पाउन सकिन्छ । साथासाथै यस विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुका अभिभावक पनि आफ्ना नानीबाबुहरुको शैक्षिक गुणस्तर, लगनशीलता, अनुशासितमा बृद्धि हुँदै गइरहेको हुँदा र विद्यालयले शैक्षिक गतिविधिहरुलाई प्रभावकारी बनाउन कुनैपनि कसुर बाँकी नरहेको हुँदा यस विद्यालयको शिक्षा प्रति अभिभावकहरु ढुक्क हुनुहुन्छ ।

 

० विद्यालयको भौतिक एवं मानव संसाधनको अवस्था कस्तो छ ?

–     विद्यालयको आफ्नै पर्याप्त जग्गामा भुकम्प प्रतिरोधी भवनहरु रहेका छन् । उपयुक्त कक्षाकोठाहरु सहित पर्याप्त शौचालयहरु, शुद्ध खानेपानी, खेलमैदान, कम्प्युटर ल्याब, लाइब्रेरी, मल्टिमिडिया कक्षाहरुको उपयुक्त व्यवस्थापन गरिएको छ । भौगोलिक रुपमा धेरै टाढाबाट आउने विद्यार्थीहरुलाई मध्यनजर गर्दै कक्षा पाँचसम्म न्यू राइजिङ्ग इङ्गलिस स्कूलकै व्यवस्थापनमा मानेदोभान इङ्गलिस स्कूल सञ्चालन गरिएको छ । ललितपुरको लाकुरीभञ्ज्याङ तथा भक्तपुरको रानीकोटदेखिका विद्यार्थीहरुलाई विद्यालय आउन सहजीकरण गरी स्कूल बसको व्यवस्था गरिएको छ । सम्पूर्ण गतिविधिहरुलाई प्रभावकारी बनाउन ४५ जना शिक्षक शिक्षिका तथा कर्मचारीहरुले सेवा प्रदान गर्दै आउनु भएको छ ।

 

० परीक्षा लिने र परीक्षाफल प्रकाशन गर्ने तरिका कस्तो छ नि ?

–     विद्यार्थीहरुको सिकाई उपलब्धी के कति भयो भनेर विभिन्न समयमा परीक्षा लिने र परीक्षाफल प्रकाशन गरिएको छ । जस्तै हप्तको एक दिन यूनिट टेष्ट, महिनाको अन्तिममा मासिक परीक्षा र प्रत्येक ३÷३ महिनामा त्रैमासिक परीक्षा सञ्चालन गरी विद्यार्थीहरुको शैक्षिक मूल्यांकन गरी प्रत्येक विद्यार्थीहरुको नतिजा ग्रेडमा प्रकाशित गरी अभिभावकहरुलाई अन्तरक्रिया मार्फत जानकारी गराउँदै आइरहेका छौं ।

 

० अन्त्यमा ?

–     तपाईंले आफ्नो पत्रिका मार्फत यस विद्यालयको बारेमा जुन जानकारी गराउने र साक्षात्कार गर्ने अवसर दिनुभयो । त्यसका लािग खबर चौतारी साप्ताहिकलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु । साथै नजिकिँदै गरेको नववर्ष २०७६ को सम्पूर्ण अभिभावक, विद्यार्थी तथा समस्त शुभचिन्तक महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।


तपाईको प्रतिक्रिया