पनौती – काभ्रेको ऐतिहासिक पनौतीको त्रिवेणीघाटको सफाइमा स्थानीयसँगै राष्ट्रिय व्यक्तित्वहरुको सकृयता बढ्दो छ । पनौती त्रिवेणीघाटको सफाई अभियानमा सुविख्यात धार्मिक शीरोमणी दिनबन्धु पोखरेलको प्रमुख आतिथ्यतामा शुक्रवार सफाई गरिएको छ ।

कार्यक्रममा वागमती सफाइका अभियान्ता उत्तम पुडासैनी, वडा नं ७ का का. अध्यक्ष पुरुषोत्तम कर्माचार्यको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विश्व हिन्दु महासंघ काभे्रका अध्यक्ष हरिश्चन्द्र अधिकारी, नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति मधु आचार्य, नगर सभापति रामशरण भण्डारी, उद्योग वाणिज्य संघ पनौतीका अध्यक्ष भोला थापाको सहभागीता रहेको थियो ।

हाम्रा स्थानीय धार्मिक पत्रकार विकुनारायण ताम्राकारले दिएको जानकारी अनुसार पनौतीको त्रिवेणीघाटमा सफाईको आवश्यकताको प्रवचन समेत प्रमुख अतिथीवाट भएको थियो ।


तपाईको प्रतिक्रिया