
आजदेखि विक्रम सम्वत २०७६ साल शुरु भएको छ । नयाँ बर्ष प्रवेशको खुशीयालीमा सबै नेपाली एक आपसमा शुभकामना साटासाट गर्न व्यस्त छन् ।
नयाँ वर्षका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका नेता, बिभिन्न संघसंस्थाहरुले सबैमा शुभकामना व्यक्त गरेका छन् ।
आइतबार नयाँ वर्षका अवसरमा बिभिन्न ठाउँमा कार्यक्रम पनि भैरहेका छन् । आज एकआपसमा भेटघाट गरी मीठा खानेकुरा खाने, रमाईलो गर्ने र शुभकामना साटासाट गर्ने चलन पनि छ ।
नयाँ वर्षको अवसरमा सार्वजनिक विदा परेकाले बिहानैदेखि सबै रमाईलोमा जुटेका छन् ।