बनेपा – काभ्रेका नेकपा नेता रुद्रबहादुर बाँनियाको मष्तिकघातले ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

काभ्रेली कम्युनिष्ट आन्दोलनका अगुवा नेता बाँनियाको शुक्रबार उपचारको क्रममा काठमाडौं स्थित केएसी हस्पिटलमा निधन भएको पारिवारक स्रोतले बताएको छ ।

पञ्चायत विरुद्धको आन्दोलनमा लामो समय क्रियाशिल बाँनिया,२०४९ र २०५४ सालमा पाँचखाल गाविसको अध्यक्ष,गाँउ विकास समिती महांसंघ काभ्रे अध्यक्ष समेत भएका थिए । २०७४ सालमा भएका स्थानिय तह निर्वाचनमा उनी पाचखाल नगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए ।

झिनोमत अन्तरले पराजित बाँनिया पछिल्लो समय पाँचखालको खानेपानीको समस्या समाधान र कृषिमा आधुनिकिकरण गर्ने अभियानमा सक्रिय थिए । आईतवार उनको पार्थिव शरिर तिनपिप्लेको सहकारी भवनमा राखेर श्रद्धाञ्जलीको कार्यक्रम रहेको छ ।

चार बजे उनको तामाघाट घाटमा अन्तिम संस्कार हुनेछ । नेकपाका नेता गोकुल बाँस्कोटा, काभ्रेका राजनीतिक दलका नेताहरुले उनको निधनले काभ्रेको राजनीतिक आन्दोलनमा अपुरणीय क्षती पुगेको छ ।


तपाईको प्रतिक्रिया