बनेपा – काभ्रे उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष प्रताब बैधले गाडी बेच्ने मात्र होइन, सर्बसाधारणलाई कसरी गाडी चढ्न सक्ने बनाउने भन्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।

काभ्रेको बनेपामा रहेकोे अरनिको मोटर्स प्रा.ली ले शुक्रबार एक कार्यक्रम गरि नयाँ बर्षको अफर भदै `फिर्ड फिगो´ नया सस्करणको शुभारम्भमा बोल्दै गाडी बेच्ने मात्र होइन, सर्बसाधारणलाई कसरी गाडी चढ्न सक्ने बनाउने भन्ने तर्फ ध्यान दिन जोड दिनुभएको छ । पहिला पहिला केही सरसामान किन्न काठमाडौ जान पर्थ्यो भने अहिले हामिले सजिलै बनेपाबाट प्रात गर्न सक्ने सुबिधा सम्पन्न भएको बैधले बताउनुभयो ।

आधुनिक जिबनस्तरलाइ ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक स्टाइल, शक्तिशाली इन्जिन, मितब्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरि २०१९ सस्करणको फोर्ड फिगो बजारमा ल्याएको छ ।

फोर्ड फिगो अत्तिनै लोकप्रिय तथा बिस्वासिलो अब अझ परिमार्जित तथा ताजा अवतरमा २०१९ सस्करणको फोर्ड फिगो नेपाली बजारमा रु २४,९९,०००/- (चौबिस लाख उन्नसय हजार) देखि उपलब्ध भएको कम्पनी जनाए । १२ सय भन्दा बढी ठुला परिवर्तन तथा परिमार्जनका साथ आकर्षक बाहिरी र आरमदायी भित्री बनावट, सुरक्षा सम्बन्धी उत्कृष्ट प्रबिधी, शक्तिशाली इन्जिन भएको फोर्ड फिगो २ इन्जिन प्रकार र ४ मोडल तथा ७ रङ्गहरुमा उपलब्ध भएको अरनिको मोटर्स प्रा.लीका सेबक बुढाथोकीले बताए ।

उक्त कार्यक्रम कैलाश पलाञ्चाेके, नवराज बजगाई, प्रदीप के.सी, सन्तोष चौलागाईं, हरि न्यौपाने लगाएका उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया