
बनेपा – काभ्रेको बनेपा स्थित अरनिको राजमार्गमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ७९ प ९३८८ नम्बरको मोटरसाइकललाई सोहि दिशातर्फ जाँदै गरेको ना ३ ख ६७८३ नम्बरको मालबाहक ट्रकले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल चालक बनेपाको लिन इन्टरनेशनल एकेडेमीमा कार्यरत गणेश तामाङको मृत्यु भएको छ भने सोही विद्यालयकी यसोदा हमाल घाइते भएकी छन् ।
घाइतेको धुलिखेल अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि काठमाडौं पठाएको छ । ट्रक जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा रहेको छ ।