नुवाकोट : टिपरको ठक्करबाट आजबिहान नुवाकोटमा एकजनाको मृत्यु भएको छ ।

गंगटेबाट आइरहेकाे टिपर र बट्टारबाट गंगटे तर्फ गईरहेकाे माेटरसाइकल भिमसेन माबिकाे साँघुराे माेडमा एकआपसमा ठाेक्किँदा माेटरसाइकल चालक दिवाकर खनालकाे घटनास्थलमै मृत्यु भएकाे हो ।

उक्त दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन । घटनापछी अाक्राेशित भएका स्थानियले टिपरमा अगो लगाइदिएका छन । टिफर चालक फरार रहेको जनाईएको छ ।


तपाईको प्रतिक्रिया