काठमाडौं – प्रधानमन्त्री केपी ओलीले सरकारले कोही पनि जनतालाई भोकभोकै मर्न नदिइने बताएका छन् । कसैलाई भोकै बस्न नदिने सरकारको योजना सफल भएको दाबीसमेत उनले गरे । ‘मैले पहिल्यै भनेको छु ।

नेपालमा कोही पनि भोर्क मर्दैन’, ‘नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै उनले भने, ‘किनकी देशमा जनताको सरकार छ ।’ ओलीले सडकमा कोही पनि भोको र ‘लुम्रे झुम्रे’ मानिस नभेटिने बताए । प्रधानमन्त्रीले सडकमा कोही भोको, गरिब, फोहोरी, जिङग्रिङ्ग कपाल पालेका बेसहारा मानिस भेटिए त्यसको सूचना सरकारलाई दिन समेत अपिल गरे । यदि सडकपेटीमा कोही लडेको बेसाहारा, रोगी वा बिरामी देखे प्रहरीलाई खबर गर्न आग्रह गर्दै ओलीले त्यस्तालाई त्यहाँबकाट उठाएर उपचार गरिने बताए ।

‘अस्तीसम्म सडकपेटीमा जिङग्रिङ्ग मान्छेहरु देख्नुहुन्थ्यो’, उनले भने, ‘ अब देख्नुभयो भने सूचना पाऔं।’ आफ्नो सरकार बेसाहाराका लागि बनेको भन्दै उनले खोजीखोजी बेसहाराहरुको उद्दार गरिने उदघोष गरे ।


तपाईको प्रतिक्रिया