काठमाडौं – सरकारले प्रधानमन्त्री  निवासमा रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको स्पष्टिकरण दिएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले प्रधानमन्त्री निवास किनबेच नभएको भन्दै चर्चामा आएको ललित भवनको विषयमा थप छानबिन भइरहेको बताउनुभयो । ‘सरकारी सम्पतीको रक्षा गर्नु सरकारको दायित्व हो । अनुचित ढंगले व्यक्तिको नाममा लगिएको जग्गा सरकारको नाम ल्याउछौ” मन्त्ती बास्कोटाले बताउनुभयो ।

शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको सिफारिसका आधारमा ललिता निवासको जग्गा किनबेचमा रोक लगाइएको भन्दै सरकारका प्रवक्ता बास्कोटा ले यसबारे छानबिनगरी दोषी जो देखिएपनि कार्वाही हुने स्पष्ट पार्नुभयो ।  उहाँले भन्नुभयो ‘दोषी देखिन्छ भने कोही पनि उम्कँदैन, यसमा सत्ता र प्रतिपक्षको प्रश्न हुँदैन’ मन्त्री बास्कोटाको भनाई थियो ।

ललिता निवासको जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले किनेको पाइएसँगै व्यापक टिक्का टिपपणी सुरु भएको थियो । यसबारे के हुन्छ भनेर सोधिएको प्रश्नमा सरकारका प्रवक्ता बास्कोटाले भन्नुभयो, ‘नेकपाको महासचिवले यस विषयमा वक्तव्य जारी गरिसक्नुभएको छ । उहाँ फर्जी धन्दामा संलग्न भएको होइन । कसैको नाममा भइसकेको जग्गा किनेको हुँ भन्नुभएको छ ,उहाँ ठगीमा पर्नुभयो, उहाँ अपराधी होइन ।’

नक्कली कागज बनाएर सुरुको अवस्थामा जसको नाममा जग्गा आयो र जसले त्यसमा भूमिका खेले, उनीहरुमाथि कारबार्ही हुन्छ मन्त्री बास्कोटाले  स्पष्ट पार्नुभयो । ‘उहाँ (पौडेल) त पीडित भइसक्नुभो । उहाँले जग्गा किन्नुभयो, जग्गा परेछ नक्कली ।’


तपाईको प्रतिक्रिया