काठमाडौं – महिला च्याम्पियन्स लिग क्रिकेटको नयाँ मिति घोषणा भएको छ । क्वीन्स इभेन्ट म्यानेजमेन्टले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता जेठमा सरेको जानकारी दिएको हो ।

नयाँ मितिअनुसार अब महिला च्याम्पिन्स लिग क्रिकेट जेठ ३ गतेदेखि ११ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता यसअघि चैत २२ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । तर, विभिन्न प्राविधिक कारणले गर्दा प्रतियोगिताको मिति सारिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको टिम र मार्की खेलाडी भने शुक्रबार घोषणा हुँदैछ ।


तपाईको प्रतिक्रिया