काठमाडौं –  सरकारले पुरानो संरचना अनुशारको पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ ।

आज सरकारले गरेका पछिल्ला निर्णहरुको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा मन्त्रिपरिषद् बैठकले क्षेत्रिय प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको बताउनुभयो ।

धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिलायलमा रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको हो । मन्त्री बास्कोटाका अनुशार  अब ती कार्यालयमा रहेका सबै सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालय मातहत जानेछ ।


तपाईको प्रतिक्रिया