धुलिखेल – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अगाडी बढ्नु पर्ने बताएका छन । नमोबुद्ध नगरपालिका वडा नं. ४ को नौविसेमा नेपाली कांग्रेस क्षेत्र नं. १ को पार्टी कार्यालयको भवन शिलान्यास एव बृहत आम सभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रको एकताबद्ध खोज्नेहरुले ब्यवहारमा पनि एकताबद्ध गर्ने काममा साथ दिनको लागि आग्रह गर्नुभयो ।

ओली सरकारले कुनै पनि काम गर्न नसकेको उल्लेख गर्दै त्यसको विरुद्धमा एक भएर हिड्नुको विकल्प नभएको बताउनुभएको छ । ओली सरकारले हत्यारा र बलात्कारीहरुलाई कार्वाही गर्नुको साटो बचाउने काम गरेको आरोप लगाउनुभयो । कार्यक्रममा पार्टीका पूव महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी नेतृत्वले त्यस खालको काम गर्न नसकेको उल्लेख गर्दै उहाँले पार्टीभित्र बृहत एकताको कामलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य एवंपार्टी प्रबक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदिप पौडेल, शिवप्रसाद हुँमागाई र जिल्ला सभापति मधुप्रसाद आचार्य लगायले मन्तब्य राखेका थिए । नेपाली कांग्रेसको सो भवन निर्माण गर्नको लागि ११ लाखमा डेढ रोपनी(२५ आना) जग्गा चार बर्ष अगाडी खरिद गरिएको थियो । भवन शिलान्यास कार्यक्रममा पार्टीको नेता तथा कार्यकर्ताहरुबाट १० लाख रुपैयाँ रकम समेत जम्मा भईसकेको क्षेत्र नं. १ का सचिव गुणराज मोक्तानले बताए ।


तपाईको प्रतिक्रिया