काठमाडौ – सर्बोच्च अदालतले एनसेलको बिक्रीमा लाग्ने पूँजीगत लाभकर तीन महिनाभित्र उठाउन निर्देशन दिएको छ। सर्बोच्चले लाभांस वितरण र शेयर बिक्रीको अनुमति दिन पनि रोक लगाएको छ।

एनसेल लाभकरण प्रकरणमा गत माघ २३ गते गरिएको फैसलाको पूर्णपाठमा सर्वोच्चले ३ महिनाभित्र एनसेलसँग सबै कर असुल गसिसक्नुपर्ने उल्लेख गरेको छ ।साथै एनसेलले लाभकरको दायित्व निर्वाह नगरेसम्म लाभांश वितरण र शेयर बिक्रीको अनुमति नदिन पनि सर्वोच्चले फैसलामा भनेको छ । ठूला करदाता कार्यालयले सर्वोच्च अदालतलाई बुझाएको पत्रमा एनसेलबाट जम्मा ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ लाभकर असुल गर्नुपर्ने उल्लेख गरेको छ ।

जसमध्ये अहिलेसम्म पूँजीगत लाभकर वापत अग्रिम २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रुपैयाँ र विलम्व शुल्क वापत २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८ सय ५१ रुपैयाँ असुल भएको भन्ने बुझिन आएको सर्वोच्चले फैसलामा उल्लेख गरेको छ ।

सर्वोच्चले अहिलेसम्म असुल भइसकेको रकमलाई समेत दृष्टिगत गरी कर निर्धारण र कर असुल उपर गर्ने सम्बन्धमा आदेश जारी भएको ३ महिनाभित्र कानून बमोजिम आवश्यक निर्णय गर्न ठूला करदाता कार्यालयका नाममा फैसला सुनाएको छ । टेलियासोनेरा कम्पनीबाट लाभकरको ब्याजसमेत गरी ६० अर्ब ७१ करोड २५ लाख ९६ हजार ९७ रुपैयाँ गर्न बाँकी रहेको ठूला करदाता कार्यालयले सर्वोच्चमा पेश गरेको पत्रमा उल्लेख छ


तपाईको प्रतिक्रिया