देबकी पोखरेल – 

‘कविता’
म निसु, भरखरै जन्मेएकी छु
अब पटक-पटक बलत्कृत हुनेछु होला
ती पल्लाघरकी दिदीहरु जस्तै ।
देख्छु, सुन्छु दिनदिनै समाचारहरु
हरेकपल बालिका, किशोरी, र आमाहरु पनि सुरक्षित छैनन्
अभिभावक, संरक्षक अनी मानवरुपी नरभक्षीहरु बाट

त्यसैले त शंका, डर, त्रास र भय छ मलाई
मैले कपडा फेरिरहँदा,
यौन पिपासुले र्याल चुहाइरहेका हुनसक्छन्
आमा, मलाई यि यौनअपराधीका बीचमा नछोड्नु होला
म मेरै समाजमा पनि सुरक्षित नहुन सक्छु ।

आमा मलाई छोड्नै पर्ने भएमा
कि त चावि लगाइदिनुस् पुरै शरीरमा,
थाहा छ, हजुर पनि सुरक्षित त पक्कै हुनुहुन्न
तैपनि मेरो बालमनले हजुर अलि सुरक्षित देख्छ

आमा,
मलाई हाँस्न खेल्न दिईएन, बोल्नबाट रोकीयो,
घुम्टोमा बस्न लगाईयो,
देवी, झुमा, देउकी भन्दा भन्दै महिनावारीलाई पाप भनियो
पढ्न रोक्दै, चुलो, चौकोर्हेदै दाशी बनाईयो
त्यसैले, म पटक पटक लुटिए, र्बबाद भए
अब, हामी छोरीलाई मानिस भएर बाँच्न सिकाउँनुस्
बोल्न, प्रतिवाद गर्न प्रेरित गर्दै शिक्षित बनाउनुुस्
अनी, कुनै बालिका÷महिलाहरुले कहिल्यै लुटिनु पर्नेछैन
आप्mनै परिवार, समाज, देशमा यो ब्रह्रमाण्डमा
हामी र्निधक्क साथ स्वतन्त्र बाँच्ने सक्षम हुनेछौ ।।


तपाईको प्रतिक्रिया