बङ्गलादेश – बङ्गलादेशको दोस्रो ठूलो चट्टोग्राम विमानस्थलमा विमानको शौचालयमा वेवारिसे अवस्थामा छोडिएका झण्डै २०० वटा सुनका सिक्का विमानस्थल भन्सार अधिकारीले सोमबार बरामद गरेका त्यहाँको सुरक्षा स्रोतले जानकारी गराएको छ ।

सुनको तौल २३ किलो भन्दा बढी भएको र सुनसँग सम्बन्धित कुनै व्यक्तिलाई पनि पक्राउ नगरिएको एक जना भन्सार अधिकारीले जनाएका छन् ।

भन्सार गुप्तचर विभागका अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा सिन्ह्वा न्यूज एजेन्सीसँग भने, हामीले विमान बङ्गलादेशको शौचालयमा छोडिएका २०० वटा सुनका सिक्कालाई बरामद गरेका छौँ । सुन शौचालयमा छोडिएको अवस्थामा बरामद भएको र यसबारे अनुसन्धान भइरहेकोले विस्तृत विवरण पछि दिइनेछ, उनले भने ।

विमान दुबईबाट आएको र स्थानीय समय अनुसार सोमबार बिहान ६ बजे बङ्गलादेशको राजधानी ढाकाबाट २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको चट्टोग्राम बन्दरगाह शहरस्थित विमानस्थलमा अवतरण भएको थियो ।

अधिकारीका अनुसार त्यो सुनका सिक्काको मूल्य १४ लाख ३० हजार अमेरिकी डलर (दश कारोड टाका) बराबर भएको बताइएको छ ।


तपाईको प्रतिक्रिया