काभ्रेपलाञ्चोक (मण्डनदेउपुर) – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले शिक्षालाई विकासको पहिलो आधारका रुपमा लगानी गरिरहेको बताउनु भएको छ ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका २ नगरकोटमा महाकाली माध्यमिक बिद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री बाँस्कोटाले सामुदायिक बिद्यालयमा भइरहेको विकृती विसङगतीलाई हटाएर सुधार सरकारले गरिरहेको बताउनुभयो । बिद्यालय शिक्षकहरुले राजनीति गर्न आवश्यक नभएको र राजनीति गर्ने भए राजिनामा दिन आउन आग्रह गर्नुभयो । ‘मुलुलमा विकासको जागरण आएको छ भन्नुहुँदै’ उहाले भन्नुभयो केही अराजक समूहले धम्काउने थर्काउने काम भइरहेको प्रति लक्षित गदै कोही कसैसँग नडाउराउन अपिल गर्नुभएको छ ।

डाक्टरहरुको आन्दोलन बेमौसमी भएको बताउनुहुँदै आफ्नो पेसा प्रति मर्यादित र इमान्दारी हुन मन्त्री बाँस्कोटाले आग्रह गर्नुभयो । सरकारले सिकाउँछ, बुझाउँछ यति हुँदा पनि नमानेमा चेताउँछौ भन्नुहुँदै आफ्नो पेशामा फर्कन आग्रह गर्नुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख इमनारायण श्रेष्ठले भूकम्पबाट प्रभावित बिद्यालयको पुननिर्माण ८० प्रतिशत शुरु भएको बताउनुभयो । उहाँले आठ हजार बिद्यालय क्षति भएकोमा चार हजार दुई सय हस्तान्तरण भएको तथा २५ सय निर्माण भइरहेको छ भन्नुभयो ।

महाकाली माध्यमिक बिद्यालयको भवन तीन करोड ८२ लाखमा निर्माण भएको हो । दुई वटा भुकम्पप्रतिरोधी भवन रहेको बिद्यालयमा १२ वटा रहेको छ । कम्प्युटर ल्याप, बिज्ञान प्रयोगशाला, बालकक्षा सहित रहेको छ ।


तपाईको प्रतिक्रिया