स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको छ । शनिबार राति भएको खेलमा बार्साको जितमा लियोनल मेस्सी र लुईस स्वारेजले गोल गरे ।

जितसंगै बार्साले तालिकामा ११ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको क्लबविरुद्वको जितले बार्सिलोना उपाधि यात्रामा एक कदम अगाडी बढेको छ । खेलको अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल गर्दै बार्सिलोनाले महत्वपुर्ण तीन अंक जोडेको हो । स्वारेजले ८५ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । लगत्तै अर्को मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।

खेलको २८ औ मिनेटमा डिएगो कोस्टा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सिमित बनेको थियो । शीर्ष स्थानको बार्सिलोनाले ३१ खेलबाट ७३ अंक जोड्यो । एट्लेटिको मड्रिड ६२ अंक सहित दोस्रो स्थानमा रह्यो ।


तपाईको प्रतिक्रिया