धुलिखेल – मोटरसाईकल चोरी गर्ने तीन गीरोहलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पाँचखालमा नियमित सवारी चेकजाँच गर्ने क्रममा चैत्र २३ गते राती १ बजे बा ८२ प १४५९ को सवार मोटरसाईकललाई चेकजाँच गर्दा कागजपत्र नभएकोे मोटरसाईकल बरामद गरेपछि सोधपुछ गर्दा चोरी भएको भन्ने थाहा भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपि दिपक गिरीले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा दोलखा भिमेश्वर न. पा.-०५ का देवा बस्नेत, नुवाकोट बिदुर न. पा.-०७ को सन्जित तामाङ् र सोही ठाउको रुपेश सुनार चोरीमा संलग्न भएका व्यक्ति रहेको डिएसपि गिरीले जानकारी दिए । मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाहीको लागी महानगरिय प्रहरी बृत महाराजगंज काठमाडौ पठाईएको काभ्रेका डिएसपि गिरीले बताए ।


तपाईको प्रतिक्रिया