बनेपा – सामान्य घरायसी विवादमै श्रीमान्लाई खुट्टामा खुर्पा प्रहारपछि अत्याधिक रक्तश्रापको कारणले श्रीमान्को मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका वडानं २ मितनछापमा घरायसी विवादकै क्रममा श्रीमतीले खुर्पा प्रहार गर्दा श्रीमान्को मृत्यु भएको छ ।

काभ्रेको धुलिखेल नगरपालिका–२ मितनछाप रविओपीमा ६० बर्षिया श्रीमती लालीमाँया तामाङले उनका ६५ बर्षका श्रीमान् शुक्रराम तामाङलाई खुर्पा प्रहार गरेकी थिईन् । खुर्पाले खुट्टामा लागेपछि अत्याधिक रक्तश्रापकै कारण शुक्रराम मृत्यु भएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निरञ्जन भट्टराईले बताए । ‘सामान्य घरायसी विवादको क्रममा खुर्पा प्रहार गरेर श्रीमान्को मृत्यु भएको देखिएको छ’ प्रहरी निरिक्षक भट्टराइले भने ।

शनिवार दिउँसो घरायसी विवादहुँदा श्रीमती लालीमायाले घरयासी बिवादमा श्रीमानलाई खुर्पाले खुट्टा काटिदिएपछि रगत धेरै बगेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखिएको भट्टराइले बताए । श्रीमान्लाई खुर्पा प्रहार गरेपनि उनीसँगै रहेकी फुपु कान्छीमाया तामाङलाई समेत उनले खुर्पा प्रहार गरेकी थिईन् । खुर्पा प्रहारवाट घाइते भएकी कान्छीमायाको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भैरहेको छ ।

अभियुक्त मृतककी श्रीमती लालीमायालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्ष्का भट्टराइले जानकारी दिए । मृतक शुक्रराम तामाङको शव बनेपा शीर मेमोरियल अस्पतालमा पोष्टमार्टमको लागि पठाइएको छ । घटनाबारे थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ । आजको खबर चौतारीमा प्रकाशित छ । 


तपाईको प्रतिक्रिया