काभ्रेपलाञ्चोक (बनेपा) – “Learn for advancement” भन्ने मुल मन्त्रलाइ आत्मसात गरै २०४९ सालमा काभ्रे जिल्लाको बनेपामा स्थापना भएको बिद्या सागर स्कुल २५ औ बर्ष पार गर्न सफल भएको छ ।

बिद्या सागर स्कुलले आगामी शैक्षिकसत्र देखि बिद्यार्थीहरुका लागि ब्याग लेस स्कुलको कार्यक्रम संगै ९ घण्टा विद्यालयको समय सुरु गरेको छ । बिद्या सागर स्कुलले बिहान ७:४५ देखि सुरु गरि साझ ५:१५ बजे सम्म हुने गरि कार्यक्रमको सुरु गरिएको स्कुलको संस्थापक अध्यक्ष हिरा शर्मा नेपालले बताउनुभयो ।

अबका दिनमा बिद्यार्थीहरुलाइ कक्षा कोठामा पढाएर मात्र पुग्दैन, लाइफ स्किल, संयमता, शान्तिप्रतिको आस्था, पारिवारिक मुल्यमान्यता सबैलाई समेटेर उत्कृष्ट स्कुलको ब्यबस्था गर्ने शर्माले भने । उनका अनुसार अहिलेको समयमा साझ अभिभावक र छोरा छोरी बिच गृहकार्य तथा स्कुलका अन्य क्रियाकलापले दन्द्द हुने भएको हुँदा अबका दिनमा यस्तो नहुने बातावरण बनाउन र आत्मीयता बढाउने तर्फ राम्रो हुने बताए ।

स्कुलले अभिभाबकको चाहना अनुसार खाना खाजा खुवाउने ब्यबस्था वा अभिभाबकको स्वयम आँफैले खाना खाजाको ब्यबस्था गर्ने खुल्ला बिकल्प ल्याएको छ । उक्त ब्यबस्थाले अभिभाबकको अतिरिक्त कक्षा, जंक फुड लगायतका कुराहरुमा खर्चले नै स्कुलको सबै खर्च पुग्ने संस्थापक अध्यक्ष शर्माले बताउनुभयो ।

दिनमा ९ घण्टा हुने स्कुलको समयमा प्रत्यक दिन बिद्यार्थीले गीत, संगीत, नृत्य, खेलकुद, योग कक्षा कार्यक्रमहरु तथा ईसिएमा समय बिताउने छन । हरेक पल्ट् नयाँ कार्यक्रम ल्याउने बिद्या सागर स्कुलले यसपटक पनि नयाँ कार्यक्रमको सुरु गरेको छ । शर्माका अनुसार ब्याग लेस स्कुलले बिद्यार्थीहरुलाई आबश्वक सबै गतिबिधी स्कुल भित्रै शिक्षकको प्रत्यक्ष निगरानीमा गराइ किताब कापी स्कुलमै छोडेर घर जाने बेला कुनै कथाकोको किताब बोकेर जाने ब्यबस्था रहेको बताउनुभयो ।

२५ बर्षको अगाडी स्थापित बिद्या सागर स्कुलले शिक्षामा देखा पर्ने नयाँ प्रबिधी भित्र्याउने र प्रयोग गर्ने जिल्लाकै अग्रणी भएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया