ललितपुर – ललितपुरको सानेपामा ट्रकले भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

एकजना गम्भीर घाइते भएका छन् । शुक्रबार विहान ना १ घ ५ सय ३३ नम्बरको जनक शिक्षा सामाग्री केन्द्रको ट्रक पल्टिएर बा ७ च २१३१ नम्बरको भ्यानलाई थिच्दा भ्यानमा सवार दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भ्यान चालक दोलखा ठूलोपाखरका ४० वर्षीय इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पा रहेका छन् । उनीहरुको उपचारका क्रममा जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका क्रममा मृयु भएको प्रहरीले जनाएको छ ।

धनुषा घर भई ललितपुरको बुङमती बस्दै आएकी स्मृती मगरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।


तपाईको प्रतिक्रिया