नेपाली श्रोता तथा दर्शक माझ मन मुटुमा बस्न सफल ख्याति प्राप्त ठट्यौली झिल्के लोक दोहोरी गायक नवराज घोरासैनी लामो समयको विश्राम पछि नयाँ लोक दोहोरीका साथ दर्शक तथा श्रोता माझ आउने भएका छन् ।

डिएआर मुभिजले छिट्टै बजारमा ल्याउन लागेको “डाँडाघरे दाई” बोलको लोक दोहोरीमा गायक घोरासैनीले आफ्नो स्वर दिएसँगै उनको पुनरागमनको पुष्टि भएको छ ।
लामो समयसँगै काम गरेकी लोक गायिका पार्वती कार्किले ५ वर्षपछि घोरासैनीलाई “डाँडाघरे दाई” मा साथ दिएकी छिन् । धेरै पछि सँगै गित गाउन पाएकोमा कार्किले निकै हर्ष बोध गरिन् ।

नयाँ तथा पुराना कलाकारलाई खोजि खोजि नयाँ प्रस्तुति सहित बजारमा आफ्नो अलग पहिचान बनाउँदै अघि बढिरहेका निर्देशक प्रभावनले घोरासैनीलाई पुनः लोक संगित जगतमा पुनरागमनका लागि पहल गरेका हुन् । ठट्यौली गायक नवराज घोरासैनीको नयाँ प्रस्तुतिको व्यग्र प्रतिक्षामा रहेका आम दर्शक तथा श्रोतालाई अब छुट्टै मिठास गितले दिने अपेक्षा गरिएको छ ।

भिडियो :-

 


तपाईको प्रतिक्रिया