काभ्रेपलान्चोक (बल्थली) – विद्युत चोरी भएको पाइएपछि काभ्रेको पनौती नगरपालिका वडा नं ११ बल्थलीका अध्यक्ष तारामान लामाको घरवाट विद्युत प्राधिकरणले फ्रिज बरामत गरेको छ ।

२०७२ सालदेखि निरन्तर पोलवाट कालो तारमा लाईन लगेर मिटरमा नजोडी सिधै प्रयोग गरेर चोरी गरेको सूचनाको आधारमा बिहिवार प्राधिकरणले वडाअध्यक्षको घरवाट फ्रिज बरामत गरेको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रका ई.नरेश मानन्धरले बताए ।

काभ्रेको पनौती नगरपालिका वडा नं ११ का अध्यक्ष तारामान लामाले चोरीको बिजुली प्रयोग गरेको पाइएपछि नेपाल विद्युत प्राधिकरण काभ्रे शाखाले वडाअध्यक्षको घरवाट विद्युत सामाग्री बरामत गरेको छ ।वडाध्यक्षले विगतदेखिनै चोरी गरेर बिजुली प्रयोग गरेको पाइएपछि फ्रिज बरामत गरेको हो । विगतदेखिनै चोरी भएको सूचना आएपछि सोही आधारमा प्राधिकरणले चेकजाँचमा चोरी पाएको हो ।

सो घरमा वडाअध्यक्ष तारामानका बुबा कान्छारामको नाममा मिटर जारी भएको थियो । तारामान पनौती ११ मा कांग्रेसको तर्फवाट विजयी भएका वडाअध्यक्ष हुन् ।


तपाईको प्रतिक्रिया