काठमाडौं – नेपाल बार एसोसिएसनको मतगणनामा प्रगतिशील (वामपन्थी) र प्रजातान्त्रिक समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

पछिल्लो मत गणना अनुसार प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठले ८० मतले अग्रता लिनुभएको छ । श्रेष्ठले दुई हजार चार सय ४५ मत प्राप्त गर्दा प्रजातान्त्रिक समूहका सुनिलकुमार पोखरेलले दुई हजार तीन सय ७५ मत ल्याउनुभएको छ ।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल अगाडि हुनुहुन्छ । पौडेलले दुई हजार चार सय ५४ मत पाउँदा प्रगतिशील पक्षका पक्षका सुरेन्द्रबहादुर थापाले दुई हजार तीन सय १४ मत प्राप्त गर्नुभएको छ ।

अब दुई हजार पाँच सय ८५ मत गणना गर्न बाँकी रहेको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया