काठमाडौं – इंडियन प्रिमियर लिग (आईपीएल) मा आज एक खेल मात्र हुने भएको छ । आज बेलुकी नेपाली लेग स्पिनर खेलाडी सन्दीप लामिछाने सम्मिलित टीम दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच हुनेछ ।

खेल नेपाली समयअनुसार बेलुकी सवा ८ बजे दिल्लीको घरेलु मैदानमा हुनेछ । यसअघि यी दुई टीम आमनेसामने हुँदा पाँच खेलमा दिल्लीले दुई खेल मात्र जितेको छ भने हैदराबादले तीन खेल आफ्नो पक्षमा पारेको छ । तीन खेल खेलेको हैदराबाद अंकतालिकाको तेश्रो स्थानमा रहँदा ४ खेल खेलको दिल्ली तालिकाको पाँचौ स्थानमा छ ।

पछिल्लो दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेसँगै योपटक पनि दिल्लीले सन्दीप लामिछानेलाई खेलाउने सम्भावना बलियो रहेको क्रिकेटका पण्डितहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया