
सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका-३ पाल्चोकमा घर बनाउने लेबर काम गर्ने खोटाङ, खार्मिङ नगरपालिका-११ घर भएका १९ वर्षीय राजु श्रेष्ठको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
सोही नगरपालिकास्थित जय बागेश्वरी स्कूल नजिकै श्रेष्ठ र सोही स्थान घर भएका १६ वर्षीय हिमाल तामाङ बारीको डिलमा आराम गरी बसेकोमा उभिएर हात उठाउने क्रममा बिद्युत लाईनको ११ हजार भोल्टको नाङ्गो तारमा छुन गई करेन्ट लाग्दा दुवै जना घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची लगिएकोमा श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।