बनेपा – काभ्रेको बनेपामा रहेको होण्डा सोरुमवाट स्कुटर किनेका युवाले ५० लाख रुपैया पुरस्कार पाएका छन् । बनेपाको चण्डेश्वरी अटो इञ्जि स्कुटर किनेका धुलिखेलका विशाल थापाले नगद ५० लाख जितेका हुन् ।

उनलाई ५० लाखको चेक होण्डा कम्पनी बनेपाका प्रमुख सुरेशभक्त भोछिभोयाले हस्तान्तरण गरेका हुन् । स्याकार ट्रेडिङ कम्पनीले होन्डाले नेपालमा ५० वर्ष पूरा गरेको अवसरमा ल्याएको प्रवद्र्धन योजनाको विजेता घोषणामा काभे्रेका विशाल थापाले ५० लाख रुपैया हात पारेका हुन् ।

२५ माघदेखि २५ फागुनसम्म सञ्चालित उक्त योजनामा २५ हजार दुई ६५ जनाको सहभागिता रहेकोमा काभ्रेका थापाले ५० लाख पाएका हुन् । सहभागीमध्ये लक्की ड्रमार्फत ५० जना छानिएको जारी विज्ञप्तिमा उल्लेख छ । छानिएका सहभागीले ५० लाख रुपैयाँ बम्पर उपहार जित्नको लागि योजनासँग मेल खाने आफ्नो कुनै सपना उल्लेख गरी फेसबुकमा भिडियो अपलोड गर्नुपर्ने थियो ।

अपलोड गरिएका ३९ भिडियोमध्ये सर्वा्धिक २४ हजार एक सय ५० लाइक, कमेन्ट र सेयर भएको थियो । यसमा आफू डाक्टर बनी सर्वसाधारण्को सेवा गर्ने सपना बोकेका धुलिखेल, काभ्रेका विशाल थापा विजेता बन्न सफल भएको कम्पनीले जनाएको छ । काभ्रेका विजेता भएकोमा होण्डा सोरुम बनेपाका संचालक निक्कै हौसिएका छन् । आफूले बिक्री गरेको स्कुटरवाट ५० लाख रुपैया जितेकोमा खुसी लागेको भोछिभोयाले बताए ।

छोरा लक्की ड्रमा परेसँगै उनको बुबा राजेन्द्र थापा लगायत उनको परिवारले सामाजिक संञ्जालमा लाईक तथा कमेन्टनै चलाएका थिए । उनीहरुले पाएको पैसावाट अनाथ बालबालिकालाई सहयोग गर्ने बताएका छन् ।


तपाईको प्रतिक्रिया