काभ्रेपलाञ्चोक (बनेपा) – सूचना तथा संचार प्रविधी मन्त्री गोकुल बाँस्कोटाले कृषि सहकारीहरुलाई सरकारले अनुदान दिने तयारी थालेको बताएका छन् ।

काभ्रेको बनेपामा जिल्ला सहकारी संघले ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा झण्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सहकारीका अनुदान बिच वाटोमा नै हराउने भएकाले अब कृषि सहकारीहरुलाई अनुदान दिने बिषयमा सरकारले तयारी गरेको बताउनुभयो ।

सरकारले कृषि क्षेत्रलाई निक्कै महत्व दिएको मन्त्री बाँस्कोटाले दावी गरेका छन । ‘भर्खरै भएको लगानी सम्मेलनमा कृषिमा लगानी गर्ने दाताहरु उत्साहित छन् सरकारले कृषि सहकारीलाई अनुदानको व्यवस्था गर्दैछ ।’ उनल भने,

कृषि सहकारीलाई लगानी गर्न खोज्नु खास कारण भनेको जनताको आयस्तर उकास्नको लागि भएको मन्त्री बाँस्कोटाले बताए । सरकार आर्थिक विकासको मेरुदण्डको रुपमा सदैव सहकारी क्षेत्रलाई लिएको मन्त्री बाँस्कोटाले बताए ।

उक्त कार्यक्रममा संघीय सांसद गंगाबहादुर दोङ, सहकारी आन्दोलनका अगुवा कुलचन्द्र अधिकारी, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि केसी, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुली, बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिं वादे श्रेष्ठ लगायतकाले मन्तव्य राखेका थिए ।


तपाईको प्रतिक्रिया