डा. कृष्ण कुमार श्रेष्ठ MBBS, MD (Internal Medicine)
मुटु रोग विशेषज्ञ

स्वस्थ मुटुको लागि दैनिक जीवनमा गरिने क्रियाकलापहरुको मुख्य भूमिका रहन्छ ।

जस्तै :-
– खानपिन, शारीरिक व्यायाम, नियमित स्वास्थ्य परिक्षण आदि,
– प्रत्यक दिन कम्तिमा तिस मिनेट हिड्नुपर्छ एसो गरेमा मुटुको स्वास्थ्य राम्रो रहन्छ ।
– दैनिक खाईने खानेकुरा बढी चिल्लो, बजारमा पाईने तयारि खाजा, नुन बढी भएको खानेकुरा, मासुजन्य खाद्यबस्तुको अत्याधिक सेवनलाई राम्रो मानिदैन ।
– हरियो सागपात, फलफुल र नुन तेल कम भएको खान खानु राम्रो हुन्छ ।
– चुरोट तथा सुर्तीजन्य बस्तुको सेवन मुटुको लागि राम्रो हुदैन ।
– युवा अवस्थामा हुने हृदयघातको ८० % कारण धुम्रपान नै हो ।
– धुम्रपान र मदिराको सेवनले मुटुको समस्या ल्याउछ ।
– शारीरिक व्यायाम तथा एरोबिक गर्नु मुटुको लागि राम्रो हुन्छ ।
– वंशानुगत रुपमा पनि मुटुको समस्या नया पुस्तामा आउन सक्छ ।
– सामान्यतया बर्षमा एक पटक स्वास्थ्य परिक्षण गर्नैपर्छ ।
– रक्तचाप, शरीरको तौल, कोलेस्ट्रोलको मात्रा, शरीरमा चिनीको मात्रा परिक्षण गरि नियन्त्रण पनि गर्नु पर्छ, अवस्था हेरी बर्षमा २ पटक सम्म परिक्षण गरि डाक्टरसंग सल्लाह लिनुपर्छ ।
– लामो समय सम्म कुर्सीमा बसेर काम गर्नु राम्रो हुदैन, हिडडुल गर्नु पर्दछ ।
– मानसिक तनाब कम गर्न परिवार, आफन्त र साथीभाई संग समय विताउने गर्नुपर्छ ।

यी कुराहरुलाई ध्यान दिई दैनिक जीवनशैली स्वस्थ बनाउन सके मुटुरोगबाट बच्न सकिन्छ ।


तपाईको प्रतिक्रिया