बनेपा – स्थानीय सरकार बनेपा नगरपालिकाले अनुमती दिएर काभ्रेमा २३ ओटा ई–रिक्सा संचालनमा छन् । एक बर्षअघि रिक्सा अनुमती दिएपनि नगरले तिनीहरु कसरी संचालन भएका छन् भनेर अनुगमन समेत गरेको छैन ।

भगवान भरोसामा संचालनमा छन् काभ्रेका बनेपा रिक्साहरु । भाडामा मनलाग्दी छ । चालकले बोलेको भाडा तिर्नुपर्छ । त्यसलाई अनुगमन गर्नुपर्छ भनेर सोचेकै छैन नगरले । घरेलु मदिरा ओसारपसारसँगै अपराधमा त्यस्ता रिक्सा संचालनमा छन् । रिक्सा धनीहरुले दैनिक एक हजारको ठेक्कामा चालकलाई रिक्साको जिम्मेवारी सुम्पेका छन् । नगर मौन बस्दैमा सधै छुट कहाँ हुन्छ र ? आइतवार धुलिखेल अस्पताल अघि ना २ ह ५७२ नंम्बरको अटो रिक्साले पार्किङमा राखेको चारओटा स्कूटरलाई ठक्कर दियो । बनेपा नगरपालिकाले संचालनको स्विकृत दिएपनि यात्रु लिन धुलिखेल अस्पतालजाँदै थियो रिक्सा । ओरालो सडकमा ब्रेक फेल भएर अटो रिक्साले चारओटा स्कूटरलाई ठक्कर दिदा केही पैदलयात्रुहरु घाईते भए । प्रहरीले तत्कालै रिक्सा चालकलाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिईएका रिक्सा चालकसँग सवारी अनुमतीपत्र थिएन ।

प्रहरीले दुर्घटना गराउने अटो रिक्साको चालकसँग अनुमतीपत्र नभएको जानकारी पाएसँगै सोमवार अटो रिक्साको अवस्था बुझ्न‘स्ट्रिङ अपे्रशन’नै चलायो । अप्रेशनपछिको अवस्था निक्कै जटिल भेटियो । काभ्रेको बनेपा नगरपालिकामा संचालन भएका २३ ओटा रिक्सामध्ये १५ ओटा रिक्सा चालकसँग चालक अनुमतीपत्रनै थिएन । अनुमतीपत्र विनाकै अनुभवहिन चालकवाट यात्रुले जोखिमपुर्ण यात्रा एक बर्षदेखि निरन्तर गरिरहेका थिए । एक बर्षअघि बनेपा नगरपालिकाले नगरमा रिक्सा आवश्यक रहेको भन्दै २३ ओटा ई–रिक्सालाई संचालनको अनुमती दिएको थियो । अनुमती दिएपनि नगरपालिकाले रिक्सा कसरी संचालन भएका छन् । तिनीहरुको अवस्था के कस्तो रहेको छ भनेर अनुगमन समेत गरेको थिएन । यस बिषयमा नगरले अनुमगन प्रहरीले गर्नेभन्दै पटक–पटक पन्छिने प्रयास मात्रै गरिरह्यो ।

बनेपासँग अनुमती लिएपनि धुलिखेल अस्पतालसम्म क्षमताभन्दा धेरै यात्रु बोकेर रिक्सा धुलिखेल–पनौतीसम्म लाने गरेको थियो । आईतवार ना २ ह ५७२ नंम्बरको अटो रिक्सा धुलिखेल अस्पताल नजिकैको ओरालोमा ब्रेक फेल भएर पार्किङ गरिराखेको बा ७६ प ५९१५, बा ६५ प ७३४२,बा ३६ प ३८३१ नंम्बरको स्कूटरलाई ठक्कर दिएको थियो । ठक्करवाट केही पैदलयात्रु घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्ष दीपक रायले घटना लगत्तै ई–रिक्सा चालक बनेपाका रामकाजी सइलाई नियन्त्रणमा लिएको बताए । रिक्सा धनीले घाइतेको उपचार र स्कूटरहरुको मर्मत गर्न सहमती जनाएसँगै प्रहरीले सोमवार साँझ कागज गरेर छाडेको थियो ।

दुर्घटना गराउने ई–रिक्सा चालकसँग चालक अनुमतीपत्र नभएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले काभ्रेमा संचालनमा आएका सबै अटो रिक्साको चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा १५ ओटा रिक्साका चालकहरुसँग सवारी चालक अनुमतीपत्र नभएपछि सबै रिक्सालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बनेपामा राखेको थियो । बनेपामा २३ ओटा रिक्सा संचालन भएकोमा १५ ओटा रिक्सा चालक अनुमतीपत्रै विनानै संचालन भएको पाइएको हो । जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईले चेकजाँचको क्रममा १५ ओटा रिक्सा चालकसँग अनुमतीपत्रनै नभएकाले नियन्त्रणमा लिएको बताए । ‘हामीले एक दिनभरी सबै रिक्सालाई नियन्त्रणमा लिएर,सवारीधनीसँग चालक अनुमतीपत्र भएकालाई मात्रै रिक्सा चलाउन दिने सहमतीपत्रमा हस्ताक्षर गरेर सोमवार साँझ छाडेका छौ’ प्रहरी निरिक्षक चापागाईले बताए ।

ई–रिक्सा मार्फत घरेलु मदिराको ढुवानी, आपराधिकमा सहयोगी हुने गरेको गुनासो आएपनि एथेष्ट प्रमाणको अभावमा प्रहरीले ई–रिक्सा संचालकसँग एक्सन लिएको थिएन । बनेपा नगरपालिकाले संचालनको अनुमती दिएपनि त्यसको अवस्था कस्तो रहेको छ भनेर समय समयमा निरीक्षण नगर्दा दुर्घटनाको जोखिम ह्वात्तै बढेको स्थानीयको आरोप छ । तिव्र गती र भाडा दर निर्धारण नभएको कारणले त्यस्ता अटो रिक्साले मनपरी भाडा असुल्दै आउने गरेका छन् । ट्राफिक प्रहरी कार्यालयका असई भिमसेनबिक्रम थापाले अब इ रिक्साको नियमित रुपमा अनुगमन गरिने बताए । हामीले अब नियमित रुपमा रिक्साको समेत अनुगमन गर्र्छाै । आवश्यक कागजपत्र विनाकालाई कारवाही गर्नैछौ ।

उता बनेपा नगरपालिकाले २३ ओटालाई संचालनको अनुमती दिएपनि व्यापारिक प्रयोजनका दर्जनौ अटो रिक्सा अनुमती बिनानै संचालनमा आएका छन् । २०७४ चैत्र १ गतेदेखि बनेपामा त्यस्ता रिक्सा संचालनमा आएका थिए । तर अनुगमन भने हुन सकेको थिएन ।


तपाईको प्रतिक्रिया