विगत २५ वर्षदेखि कलाकारितामा संघर्षरत नायिका तथा निर्देशक दिपाश्री निरौलाले निकै राम्रो सफलता हात पारेकी छन् । कमेडियनबाट आफ्नो करियर सुरु गरेकी दिपाश्रीले आफ्नो निर्देशनमा चर्चित फिल्महरु निर्माण गरिसकेकी छन् ।

चर्चित टेलिसिरियल ‘तितो सत्य’ बाट कलाकारता सुर गरेकी उनले सिरियलमा अभिनेता दिपकराज गिरीको जोडीको रुपमा देखिएकी थिइन् । इतिहासकै लामो टेलिसिरियल ‘तीतो सत्य’ बाट दर्शकको मन मुटुमा बस्न सफल भएकी उनी माथि अझै धेरै सफलता थपिएको छ । मिल्ने साथी, अभिभावक र मार्ग निर्देश गर्ने असल साथी दिपकराज भएकाले आफु यो स्थानमा पुग्न सफल भएको बताउँदै आएकी छन् ।

कामका भएको एक प्रकारको पागलपनको कारण विवाह नगरेको बताउने उनी जति बाँचिन्छ त्यो समय आनन्दपूर्वक बाच्ने बताउँछिन् । आफ्नो कामलाई बुझ्ने मानिस नपाएको कारण विवाह नगरेको बताउँदै बुढेसकालसम्म बाँचे आफुले कमाएको पैसा वृद्धाश्रमलाई दिने र उतै जीवन बिताउने सोच रहेको बताएकी छन् ।


तपाईको प्रतिक्रिया