आइतबार साँझ बारा र पर्सामा हावा र हुरीबाट ज्यान गुमाउने र घाइतेको उद्धारका लागि उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन प्रकोप क्षेत्रमा पुगेका छन् ।

सोमबार बिहानै काठमण्डौ बाट हिडेका दिपेश सहितको टोलीले पर्सा रेडक्रस शाखामा गएर रक्तदान समेत गरेकाछन् । आवश्यक राहत र उद्धारका लागि केही सहयोगीसहित पुन सोमबार बिहानै त्यस क्षेत्रमा पुगेका थिए । सोमबार बिहानैदेखि पुनको टोलीले घाइतेको उद्धारमा जुटेको छ । पुनले फेसबुक मार्फत हावाहुरी प्रभावित क्षेत्रमा राहत लिएर आउनुहुने मित्रहरुले खानेकुरासंगै झुल र पाल ल्याउन सकभर नभुल्नुहोला भनेर पोस्ट गरेकाछन् ।

पुनले फेसबुकमार्फतनै आज दिनभररक्तदान जारी रहने र क्षतिभएको स्थलमा उद्वार कार्यमा दिनभरी सक्रिय रहने। भोलीदेखि राहत संकलन वितरण र स्वास्थ शिविर संचालन गर्ने । इच्छुक मनहरुलाई सहयोगको अपिल समेत गएिको छ । २०७२ सालमा बैशाखमा आएको बिनाशकारी भुकम्पको समयमा पनि दिपेश पुन पटक पटक काभ्रेमा बिभिन्न राहत लिएर धेरै गाउँ गाउँ सम्म पुगेका थिए ।

तस्बिरहरु :- 


तपाईको प्रतिक्रिया