(रोजन तामाङ) काभ्रेपलाञ्चोक – काभ्रेको बनेपामा रहेको आदर्श विद्या मन्दिर स्कूल (एबिएम) बिद्यालयले १६ औ स्थापना दिवस नयाँ तरिकाले मनाएको छ । काभ्रे जिल्लामै निजि बिद्यालयले पहिलो पटक बिद्यार्थीहरुका आमाहरुलाई बिद्यालयमा कार्यक्रम आयोजना गरि मनोपरामर्श बिज्ञ संग बालवालिकाहरुले खाने टिफिन खाजाको बारेमा छलफल गरिएको थियो ।

अहिले धेरै जसो अभिभावकहरुले आफ्नो छोरा छोरीहरुलाई कस्ता किसिमको टिफिन खाजा पठाउछ भन्ने बिषयमा बिद्यालयले छलफल कार्यक्रम संचालन गर्न थालेका छन् । धेरै जसो अभिभावकहरुले हतारमा बालवालिकाहरु बिद्यालय पठाउदा हतारमा बजारमा पाइने रेडिमेड खाजालाई नै प्रथमिकता दिएको पाइन्छ । बिद्यालयले अभिभावकहरुले पठाउने खाजा टिफिनमा जंगफुटखाजालाई कम प्रथमिकता दिन सुरु गरियोस भनि यस्तो अभियान चलाएको पाइन्छ ।

बिद्यालयले काभ्रे जिल्लामै नयाँ तरिकाले स्थापना दिवसको अवसरमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका आमाहरुलाई सम्मान तथा बालवालिकाहरुको खानपानको बिषयमा अन्र्तक्रिया कार्यक्रम गरेको हो । शनिबार बिद्यालयको १६ औ स्थापना दिवसको अवसरमा बिद्यालयले नयाँ तरिकाले आमाहरुलाई बालवालिकाहरुको खाजाको बिषयमा बिज्ञ ल्याएर बिद्यालयमा ल्याइने खाजा टिफिनको बारेमा छलफल गरेको थियो । बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले नियमित जंगफुड (चाउचाउ,चिजवल, पानिपुरी, चटपटे) तथा अन्य खानेकुराहरु नियमित खानाले बालवालिकाहरुको बृद्धि बिकासमा पर्ने शारिरीक एंव मानसिक असरहरुका बारेमा सचेतना जानकारी गराउने उद्देश्यले नयाँ यस्तो कार्यक्रम बिद्यालयले संचालन गरेको बिद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले बताउनुभयो । काभ्रे जिल्लामा निजि बिद्यालयहरु मध्ये हामीले यस्तो कार्यक्रम पहिलोपटक गरेको तिमल्सिनाले बताउनुभयो ।

सो कार्यक्रममा मनोपरामर्श बिज्ञ रमेश पराजुलीले आमाहरुको बिच ३ घण्टाको अन्तक्रिया संञ्चालन गरिएको थियो । बिद्यालयमा बिषेश गरि बिद्यार्थीहरुलाई खाजा टिफन पठाउने जिम्मा आमाहरुको भएका कारण आमाहरुलाईनै जंगफुटको बिषयमा बताएपछि बिस्तारै कमहुदै जाने भएकाले यस्तो कार्यक्रम उपलब्धिमुलक हुने मनोपरामर्श बिज्ञ रमेश पराजुलीले बताउनुभयो । उक्त कार्यक्रममा बिद्यालयको तर्फबाट उपस्थिति बिद्यार्थीहरुका आमाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष शिब कुमार थापा, बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख शिबराज त्रिपाठी बिद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिना लगायतको उपस्थितिमा आमाहरुलाई सम्मान कार्यक्रम गरिएको थियो ।


तपाईको प्रतिक्रिया