काठमाडौँ – आज देशभरको मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी र मध्य भू भागहरुमा सामान्य बदली रहनेछ भने बाँकी भू भागको मौसम आंशिक बदलि रहनेछ ।

पूर्वी क्षेत्रका केही,  मध्य क्षेत्रका थोरै र पश्चिमी क्षेत्रका १÷२ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । हिमाली भेगका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज राति पूर्वी र मध्य भू भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भागमा मौसम आंशिक बदलि रहनेछ ।

देशका थोरै ठाउँमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिएको छ । आज राति हिमाली भेगका केही स्थानमा हल्का हिमपातको संभावना रहेको जनाइएको छ ।


तपाईको प्रतिक्रिया