काभ्रेपलाञ्चोक (धुलिखेल) – काभ्रेमा भएको प्रथम काभ्रे गोल्डकपको उपाधी सिएजी संङकटा क्लबले जितेको छ । अघिल्लो साताबाट काभ्रेको धुलिखेलमा सुरु भएको काभ्रे गोल्डकपको उपाधी सिएजी संङकटाले आयोजक जिल्ला खेलकुद संघको टिमलाई हराउदै उपाधी जितेको हो ।

शनिवार भएको फाइनल खेलमा आयोजक काभ्रे जिल्ला फुटवल संघलाई सिएजी संङकटाले ३–० ले पराजीत गरेको हो । खेलको पहिलो हाफको ३० सेकेन्डमै सिएजी संङकटाका अविशेक रिजालले गोल गरेका थिए भने, खेलको पहिलो हाफको ३५ मिनेटमा नै सिएजी संङकटाका एक्नी क्रिष्टयनले गोल गर्दै आयोजकलाइ दवावमा राखेका थिए ।

खेलको दोस्रो हाफको अतिरीक्त समयमा सिएजी संङकटाका सुवास गुरुङले थप एक गोल थपे । प्रथम भएको सिएजी संङकटाले ४ लाख नगद ट्रफी, मेडल प्राप्त गरेको छ भने उपविजेता काभ्रे फुटवल संघले दुइ लाख नगद ट्रफी र मेडल हात पारेको छ । खेलको म्यादअफद म्याच संकटाका अविशेक रिजाल घोषित भए भने, हाइस्कोरर, संकटाका एक्नी क्रिस्यटन,वेष्ट डिफेन्डर संकटाका टम्पी अरनेष्ट भए ।

विजेता एवं उपविजेतालाई धुलिखेलका मेयर अशोक कुमार श्रेष्ठ, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, जिल्ला खेलकुद संघका अध्यक्ष सचितानन्द केसी लगायतले सम्मान गरेका थिए ।


तपाईको प्रतिक्रिया