पनौती – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ धाइटारका साहित्यार डा.गोपाल पौड्याल‘मण्डने’को मुक्तक संग्रह मञ्जरीको विमोचन गरिएको छ ।

बरिष्ठ साहित्यकार यादव खरेल, वियोगी बुढाथोकी, ज्ञानुवाकर पौडेल, रमेश पौडेल, मच्छेश्वर सापकोटाले साहित्यकार मण्डनेको मञ्जरी मुक्तक संग्रहको शुक्रबार काभ्रेको पनौतीमा विमोचन गरेका हुन् । बिस २०४१ सालमा एक समयः अनेक मुक्तक सग्रह प्रकाशन गरेपछि उनले अनवरत रुपमा विभिन्न कृतीहरु प्रकाशन गरिरहेका छन् ।

शुक्रवार नयाँ मुक्तक संग्रह प्रकाशन गरेसँगै साहित्यकार मण्डनेले आफूले सबै पुस्ताका साहित्य अनुरागीहरुका लागि मञ्जरी मुक्तक संग्रह लिएर आएको बताए ।
काभ्रेको पनौतीको अक्षरमार्गले प्रकाशन गरेको मुक्तक संग्रहमा १ सय भन्दा धेरै मुक्तकहरु समावेश छन् ।

मुक्तक संग्रह मञ्जरीको विमोचनपछि बोल्दै बरिष्ठ साहित्यकार यादव खरेलले किशोरावस्थादेखिनै साहित्यमा रुची राख्ने साहित्यकार मण्डनेले मुक्तक विधाका आधारभूत मान्यतालाई पुरा गरेर मुक्तक संग्रह प्रकाशन गरेको बताए ।


तपाईको प्रतिक्रिया