काभ्रेपलाञ्चोक (धुलिखेल) –  प्रभावशाली खेल खेल्दै फाईनलसम्म पुग्ने शसस्त्र प्रहरी बलको बलियो टिमलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै काभ्रे जिल्ला फुटवल संघ प्रथम काभ्रे गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

उक्त खेलको म्यान अफ दि म्याच काभ्रे फुटवल संघका गोलकिपर दिपेश श्रेष्ठ भए । उनी श्रेष्ठ क्वाटर फाइनलको समेत म्यान अफ दी म्याच भएका थिए । खेलको १३ औं मिनेटमा समिर खड्काले उत्कृष्ट गोल गर्दैै खेल आफ्नो पक्षमा पारेका थिए । पहिलो हापको अतिरिक्त समयमा काभ्रे डिफेण्डर सनिस तुसुजुले क्लियर गर्न खोजेको बल आत्मघाती बन्दै आफ्नै पोष्टमा जाली चुम्दा खेल १–१ को बराबरीमा टुंग्गियो ।

दोस्रो हापमा दुबै पक्षवाट गोल हुन नसक्दा खेल सिधै ट्राईबेकरका धकेलिएको थियो । ट्राइबेकरमा काभ्रेका विकास लामा, रुमन श्रेष्ठ, साहिल केसी, सनिस तुसजु, उमन बुढाथोकीले गोल गरे । उक्त खेलमा APF तर्फवाट रुपबहादुर लामा, हरि कार्की, राजु नगरकोटी, बुद्धिमान राईले गोल गर्न सफल भए । काभ्रेका किपर दिपेश श्रेष्ठले एपिएफका रोहित थापाको पेनाल्टीको बचाउ गरेपछि खेलमा काभ्रेले ५–४ को ऐतिहासिक जित हासिल गर्‍यो । शनिवार धुलिखेल रंङ्गशालामा फाईनल खेल काभ्रे र सङ्कटा बिच दिउस २ बजे हुनेछ ।

आज भएको खेलको पेनाल्टी भिडियो हेर्न तलको लिन्क खोल्नुहोस् :-

 


तपाईको प्रतिक्रिया