काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आधुनिक, विकसित र समृद्व देश बनाउने अभियानमा सरकार दैनिक एक कदम अगाडि बढिरहेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘परिवर्तनका स्वरहरु गीति संग्रह भाग–२’ को विमोचन कार्यक्रममा  बोल्नु हुँदै प्रधानमन्त्री ओलीले सुखी नेपाली संवद्घ नेपाल बनाउने अभियानमा सरकार कुनैपनि अलमलमा नपरी अगाडि बढिरहेको बताउँदै विकशित र संवृद्व नेपालका लागि  अब कोहीपनि अलमलिन नहुने बताउनुभायो ।

‘समृद्धिका लागि नयाँ नीति, योजना र संस्थाहरुको संरचना गरी सरकार हरेक दिन एक कदम अगाडि बढ्दैछ’ प्रधानमन्त्रीको भनाई थियो । ‘निशन्देह हाम्रो हाम्रा अगाडि अप्ड्याराहरु छन्, बजेट र पैसा कम छ, शिक्षित र दक्ष जनशक्तिको अभाव छ तर हामी राष्ट्रिय एकता सहित एकतावद्घ प्रयासका साथ अगाडि बढिरहेका छौ ।’ प्रमको भनाई थियो । यो वा त्यो नाउँमा देशलाई अलमलाउन खोज्नेहरु भएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयोे – ‘देशलाई अब कुनै प्रकारको अलमल हुनुहुन्न, कुनै आकर्षक नाराका नाउँमा अलमलिने छुट अब छैन । जनता सार्वभौमसत्ता सम्पन्न भएका छन्, संविधान अनुशार विधि र प्रकृया तय भएको छ । अब विकासको तिव्र गति पकड्न आवश्यक छ, अलमलिने समय हैन । ’

संवृद्घ नेपालका लागि अब सबै नेपालीले आआफ्नो ठाउँबाट योगदान गर्ने समय आएको भन्दै प्रधानमन्त्रीले भन्नुभयो ‘जो जहाँ छ, जति सक्छ, जसरी हुन्छ, देशको विकासमा लाग्नु पर्ने’ प्रधानमन्त्रीकले बताउनुभयो । ’ स्यामलको गित स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो ‘हातमा औजार हुनेहरु औजार लिएर उठ, वाजा बजाउन जान्नेहरु बाँजा लिएर उठ भने झै ज–जस्ले जहाँ जे गर्न सक्दछ देशको विकासका निम्ति अब गर्नुपर्दछ ।’

लोकतन्त्र नारमा मात्र नभई जनताको जीवन स्तरमै हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘ भौगोलिक अखन्डता, स्वभिमानको रक्षा गर्दै जनता र विकास, अग्रगमन, समाजिक न्याय र समानता सवृद्घिका लागि अब अगाडि बढ्नु पर्दछ ।’

राष्ट्रिय आयको आधारको आँकडामा मात्र जनता सुखी नहुन सक्छन् भन्दै प्रधानमन्त्री ओलीले संवृद्घि र समानता भएमात्र समाजवाद हुने बताउनुभयो । ‘समाजिक न्याय सहितको संवृद्घि हामीले चाहेको हो, यसका लागि हामीले हरेक ठाउँबाट प्रयास गर्दैछौ ।’

आजको कला संगित, साहित्य र संस्कृति अग्रगमनका लागि समपित हुनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो । ‘भुइचालोको सवाही जस्ता मात्र होइनन्, अबको कला साहित्य विभेद असहमानता विरुद्घ्, गरिबी र पछौटेपन विरुद्घ नयाँ मार्गर्दक बन्न सक्नुपर्दछ ।’  सहित्यहरु बर्तमान अप्ठेयारमा मात्र अड्कने हैनन्, समस्या समात्रान र विकासका निम्ति मार्ग दर्शक हुन्सक्छन् ।’ भन्दै ‘वर्तमान फुटेका अ‍ैना हेरेर बस्ने हैन, हाम्रो संस्कृतिक अभियानले बर्तमानका अप्यारा कमी मात्र हेर्दैन अगाडिका वाटोहरु पनि देखाउन सक्नुपर्दछ, ज्योतिको काम गर्नुपर्दछ ।’

कतिपय मान्छेहरुलाई अहिलेको परिर्वतन खासै ठूलो नलागेको भन्दै प्रधानमन्त्री ओलीले अहिलेको परिर्वतन ठूलो परिर्वतन भएको बताउनुभयो ।राजनीतिक अधिकारहरु प्राप्त भएका छन् अब स्वच्छता, पारदर्शीता, जवाफदेहीता, लोकतन्त्रका मूल्य मान्यतालाई अविलम्बन गर्ने र जनतालाई सुविधा सहुलियत र सेवामा कसरी जाने भनेर आर्थिक विकासको क्षेत्रमा तिव्र गतिमा आगाडि बढ्ने समय हो प्रधानमन्त्रीको भनाई थियो ।


तपाईको प्रतिक्रिया