महादेवस्थान – फरक ढंगवाट संचालन भएको काभ्रेको मण्डनदेउपुर–९ को सहकारीले प्रदेश ३ मै उत्कृष्ट सहकारीको सम्मान पाएको छ ।

मण्डनदेउपुरमा रहेको पञ्चकन्या महिला विकास बहुद्देश्यीय सहकारी संस्था लि. मण्डनदेउपुर–९ ले प्रदेश नंम्बर ३सरकारद्धारा काभ्रेपलाञ्चोक जिल्लाको उत्कृष्ट महिला सहकारी पुरस्कारबाट नगद २ लाखसहित सम्मानित हुन सफल भएको हो ।

सामाजिक विकास मन्त्री युवराज दुलालले सहकारीको अध्यक्ष अम्बिका ठकुरीलाई नगद २ लाख सहित सम्मान गर्नु भएको हो । सेभ हाउस संचालन, बचत तथा ऋणका कार्यक्रम गर्दै सहकारीले महिला शसक्तिकरणमा उल्लेख्यनीय काम गर्दै आएको थियो ।


तपाईको प्रतिक्रिया