धुलिखेल – काभ्रेको धुलिखेलमा हिजोदेखि सुरु भएको काभ्रे गोल्डकपको दोस्रो खेलमा जावलाखेल युथ क्लबले सहज जित हात पारेको छ । शुक्रवार भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबले सिन्धुपाल्चोक जिल्ला फुटवल संघलाई ४–१ फराकिलो गोल अन्तरमा पराजित गरेको हो ।

खेलको सुरुवातदेखिनै जावलाखेल आक्रमक बनेको थियो । खेलको १४औं मिनेटमै अरोज सिंहले खेलले गोल गरे । तर जावालखेलको अग्रता लामो समय टिकेन । गोल गरेको ४ मिनेटपछि खेलको १८ औ मिनेटमा सिन्धुपाल्चोक जिल्ला संघका सुरेश खत्रीले गोल गरेपछि केही समय जावलाखेल दवावमा पर्याे । तर उसले त्यसको दुई मिनेटपछिनै अर्र्काे गोल फर्काएर खेललाई जितको अगाडी बढायो । खेलको २० औं मिनेटमा जावलाखेलका अफ्रिकी खेलाडी एन्डोमा डेनडिराले गोल गरेपछि जावलाखेल २–१ को अवस्थामा रह्यो ।

दोस्रो हापको ४८ औं मिनेटमा विदेशी खेलाडी फेफोनाले गोलसँगै खेल ३–१ को स्थितीमा पुग्यो । खेलको ६३ औं मिनेटमा जावलाखेलका सुमन डंगोलले टिमका लागि चौथो गोल गरे । त्यसपछि दुबै टिमवाट कुनै गोल हुन नसकेपछि खेल ४–१ ले जावलाखेल विजयी भयो ।

शुक्रवार भएको खेलको म्यान अफ द म्याच जावलाखेल युथ क्लबका सुरज ठकुरी भए । उनले ट्रफीसँगै नगद ५ हजार हात पारे ।


तपाईको प्रतिक्रिया