काभ्रेपलाञ्चोक (धुलिखेल) – लामो समयदेखिको तयारी अनि काभ्रे जिल्लामा राष्ट्रियस्तरका क्लब आएर प्रतियोगितामा सहभागी होलान् भन्ने उत्सुकतालाई मेटाउँदै काभ्रेको धुलिखेलमा प्रथम काभ्रे गोल्डकप सुरु भएको छ ।

करिब ४५ लाख रुपैयाभन्दा धेरै खर्च । ‘ए’डिभिजन क्लबको सहभागिता अनि काभ्रेको पनि सहभागिता । आज सुरु भएको प्रतियोगितामा सयौं दर्शकले टिकट काटेर खेल हेरेका छन् । मोफसलको झापादेखि बाराको सिमरासम्म बार्षिक रुपमा राष्ट्रियस्तरको फुटवल प्रतियोगिता हुने भएपनि काभ्रेमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन सकेको थिएन । तर जिल्ला फुटवल संघ काभ्रेले जिल्लामै ठूलो धनराशीको फुटवल प्रतियोगिता भव्य उद्घाटन गरेसँगै काभ्रे जिल्ला ठूला प्रतियोगिता गर्न सक्ने सन्देश यतीबेला सबैतिर छरिएको छ । राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्नु आफैमा चुनौतीपुर्ण छ ।

 

काभ्रेका युवा फुटवलप्रेमीहरको हौसलाको कारणले आगामी चैत्र ७ देखि १७ गतेसम्म काभ्रे फुटवलमय बन्ने भएको छ । राजधानी नजिकै भएर पनि काभ्रेपलाञ्चोक जिल्लामा ठूला फुटवल प्रतियोगिता आयोजना हुन सकेको छैन । त्यसो त काभ्रेको फुटवल बनेपा, धुलिखेल र पनौतीको आसपासमा मात्रै केन्द्रीत हुँदै आएको छ । तर जिल्ला फुटवल संघले काभ्रेमा पनि राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने सन्देश दिने उदेश्यले प्रथम पुरस्कार चार लाख रहेको काभ्रे गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको हो । जसको दोस्रो पुरस्कार राशी २ लाख रुपैया रहेको छ । बिहिवार धुलिखेल खेल मैदानमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जूले खेलको सुरुवात गरेका हुन् ।

 

आजको उद्घाटन खेलम काभ्रे फुटवल संघ विजयी भएको छ । उसले ए डिभिजन क्लब फेण्डस्लाई ३–० ले हराउँदै विजयी बनेको छ । खेलका नायक काभ्रे फुटवल संघका गोल किपर दिपेश श्रेष्ठले नाटकीय रुपमा उद्घाटन खेलमा आयोजक टिमलाई विजयी गराए । ९० मिनेटसम्म निक्कै प्रतिस्पर्धात्मक भएको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । काभ्रे फुटवल संघका किपर दिपेश फेण्ड्सका २ ओटा पेनाल्टी रोकेका थिए भने एउटा पेनाल्टी बाहिरिएपछि काभ्रे फुटवल संघले उद्घाटन खेलमा ऐतिहासिक ३–० विजयी हासिल गरेको हो । जितसँगै जिल्ला फुटवल संघका उपाध्यक्ष निरोज श्रेष्ठले खेल आयोजना गर्न पाएको र सुरुवाती खेलमा विजयी बन्न पाएकोमा औधी खुसी लागेको बताए ।

 

काभ्रेका खेलाडीहरु अब्बल रहेको नतिजा यसले गरेको छ श्रेष्ठले भने । खेलको सुरुवाती अग्रता भने फेण्ड्स क्बलले लिएको थियो । खेलको दोस्रो मिनेटमै फेण्ड्सको अफ्रिकीमुलका खेलाडी कोउमे कोसिमाले गोल हानेका थिए । गोलका प्रशस्तै अवसर सृजना गरेपनि पहिलो हाफ १–०ले काभ्रे फुटवल संघपछि परेको थियो । राम्रो मुभ बनाएपनि बलले जाली चुमाउन नसक्दा काभ्रे निरास बनेको थियो । तर खेलमा काभ्रे फर्कियो । पहिलो हापमा गरेको गल्तीलाई काभ्रेले दो¥हाउन परेन । उसले १०मिनेटको अन्तरमा २ गोल हानेर टिमलाई जित तर्फ उन्मूख गरायो । दोस्रो हाफको दोस्रो मिनेटमै अर्थात खेलको ४७ मिनेटमै काभ्रे फुटवल संघका समिर खड्काले पहिलो गोल गरेका थिए । त्यसको १० मिनेटपछि उनले वान भर्सेस वानलाई गोलमा परिणत गर्दै २–१ को अग्रता दिलाए । त्यो लामो समय टिकेन । तर त्यसको केही मिनेटमै फेण्ड्स क्लबका कोउमे कोसिमालाई लडाएपछि पाएको पेनाल्टीलाई काभ्रे फुटवल संघका किपर दिपेश श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए । काभ्रे फुटवल संघका डिफेण्डरको तालमेल नमिलेको फाईदा उठाउँदै फेण्ड्सका कोउमे कोसिमाले ८२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई बराबरीको अवस्थामा पुयाए ।

 

गोल लगत्तै सेलिब्रेशनको क्रममा अफ्रिकी खेलाडी फोफेमा बरिमानले झण्डामा लात मारेपछि दोस्रो पहेलो कार्ड खाएर उनी मैदानवाट बाहिरिएपछि फेण्ड्स १० खेलाडीमा सिमित भएको थियो । निर्धारित ९० मिनेटको खेल बराबरीमा टुंग्गिएपछि खेल सिधै ट्राईबेकमा पुगेको थियो । पेनाल्टी सुटआउटमा काभ्रेका खेलाडीहरु उनम बुढाथोकी, सनिस तुसजु र रुमन श्रेष्ठको गोल भएको थियो भने फेण्ड्सवाट कसैले पनि जाली चुमाउन सकेनन् । दुइओटा बल किपरले उत्कृष्ट बचाउ गरे । तीन गोल जोगाएका किपर श्रेष्ठ म्यान अफ दी म्याचहुँदै नगर ५ हजार हात पारे । उनले आफूले सकेको खेलेको प्रतिक्रिया दिए ।

मोफसलको झापादेखि बर्दियासम्म बार्षिक रुपमा राष्ट्रियस्तरको फुटवल प्रतियोगिता हुने भएपनि काभ्रेमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन सकेको थिएन । तर जिल्ला फुटवल संघ काभ्रेले जिल्लामै ठूलो धनराशीको फुटवल प्रतियोगिता आयोजना गरेसँगै धुलिखेल सामुदायिक खेल मैदानमा सयौं दर्शक आएका थिए । प्रथम हुनेले ४ लाख पुरस्कार पाउनेछन् । खेल आगामी चैत्र १७ गतेसम्म संचालन हुनेछ । काभ्रे जिल्ला फुटवल संघले दैनिक रुपमा एउटा प्रतियोगिता आयोजना हुने जनाएको छ । फुटवल संघका सदस्य सुरेश गौतमले भोली शुक्रवारको खेल सिन्धुपाल्चोक जिल्ला फुटवल संघ र जाउलाखेल युथ क्लब विच हुनेछ ।


तपाईको प्रतिक्रिया