काभ्रेपलाञ्चोक (धुलिखेल) – रंगहरुको पर्व फागु पूर्णिमा (होली) काभ्रेमा भव्य रुपले मनाइएको छ । काभ्रेको विभिन्न ठाउँबाट होली खेल्दै अधिकांश युवायुवतीहरु काभ्रेको धुलिखेल, बेथानचोकको महाभारत लेक, दोलालघाट लगाएतको स्थानमा होली खेल्न पुगेका थिए ।

सडकमा युवायुवतीहरु एक-आपसमा रंग दल्दै होलीको शुभकामना समेत आदान प्रदान गरेका थिए । गत वर्ष झैँ काभ्रेको बिभिन्न ठाउमा स्वदेशी तथा विदेशी पर्यटकलाई सामुहिक होली खेल्ने व्यवस्था गरेको थियो ।

काभ्रेको बिभिन्न क्षेत्रमा क्लबहरुको साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा हजारौँ युवायुवती साथै स्वदेशी तथा विदेशी पर्यटक उपस्थित भएका थिए ।

होलीको अवसरमा आयोजना हुने कार्यक्रमले गर्दा होली मनाउन काभ्रेको बिभिन्न ठाउँ स्वदेशी तथा विदेशी पर्यटकको संख्या बर्षेनी बढ्दै गएको कुरा बताउछन ।

हेर्नुहोस् तस्वीरहरु :

 


तपाईको प्रतिक्रिया