बनेपा – ‘एक हजार चाहियो भने घर परिवारसँग माग्नु पर्दथ्र्यो तर अहिले २÷४ हजारको गर्जाे आफै टार्न सक्ने भएकी छु’ पनौती–२ कुशादेवीकी शुसिला लामिछानेले सुनाईन् । ‘पैसा पुरुषले मात्रै कमाउन सक्ने होईन रहेछ राम्रोसँग जाँगर चलाएर काम ग¥र्याे भने हामी महिलाले आफ्नो खर्चको जोहो आफैं गर्न सकिने रहेछ’ लामिछानेले थपिन् । काभ्रेको पनौती नगरपालिका कुशादेवीका एक सय १० परिवारका महिला पछिल्लो समय आत्मनिर्भर बन्दै गएको अनुभव सुनाउन थालेका छन् ।

खेतीकिसानी र घरधन्दामै सिमित रहेको उनीहरुको जीवनमा परिर्वतन भने ‘एकघार माहुरी’ले गरिदिएको हो । भुकम्पले घर लडाएपछि उनीहरुको जिविकोपार्जनको लागि ईजाराएडको सहयोगमा काभ्रेको बनेपामा रहेको सामुदायिक उत्थान मंञ्च(सिफ) नेपालले एक सय १० परिवारलाई माहुरी उपहार दिएसँगै त्यही माहुरी उनीहरुको जीवन फेरिदिने हतियार बन्न पुगेको छ । सन् २०१६ मा सामुदायिक उत्थान मंञ्चले एक घार माहुरी दिएकोमा उनीहरुको घरमा तीनओटा माहुरीको घार भैसकेको छ । बोलखे गाँउकी ईश्वरी बोलखे अरुको घरमा गएर मह किनेर खाने आफू अहिले मह बेच्न सक्ने भएको अनुभव सुनाउँछिन् ।

‘सुरुमा हामीले कसरी मह निकाल्ने होला भनेर चिन्ता हुन्थ्यो तर अहिले मह निकाल्न घाँस काट्न जस्तै सजिलो हुन थालेको छ ’ बोलखेले अनुभव सुुनाईन् । आफूले खाएर एक घारवाट बर्षको १० माना बिक्री गर्ने गरेको बोलखेले भनिन् । उनीहरुले एक बर्षमा तीनओटा घारवाट तीसहजारसम्मको मह बेच्न सक्ने भएको अनुभव सुनाउँछन् । भुकम्पवाट प्रभावित काभ्रेका महिलाहरुको जीवनस्तर उकास्न ३ सय ५२ घरपरिवारलाई सामुदायिक उत्थान मंञ्चले मौरीका घार उपलब्ध गराएको संस्थाका अध्यक्ष समुन्द्रलाल श्रेष्ठले बताए । ‘हामीले सुरुमा १० दिनको तालिम दिएर उहाँहरु दक्ष बनेसँगै माहुरी र घार वितरण गरेका हौ’ अध्यक्ष श्रेष्ठले बताए ।

संस्थाले गाँउमा पुगेर महिलाहरुलाई घार मात्रै नदिएर उनीहरुले उत्पादन गरेको महको बजारीकरणमा समेत सहयोग गरेको संस्थाका प्रकाश अधिकारी बताए । ‘हामी उत्पादन गर्नुस् भनेर मात्रै भन्दैनौ उहाँहरुको उत्पादन बजारसम्म लगेर बेचिदिने गरेका छौ’ अधिकारी सुनाए । मह उत्पादक महिलाहरु एक माना महको एक हजारमा बिक्री भैरहेको सुनाउँछन् । ‘हामी आफैंै पैसा कमाउन सकुला र भन्ने सोच्ने गर्दथ्यौ पैसा कमाउन उद्यम गर्नू पो पर्ने रहेछ’ सरिता बस्नेतले भनिन् । गाँउमै बेच्न नसकेको मह हामीलाई हनी एडले शहरमा लगेर बेचिदिने गरेको छ । काभ्रेको कुशादेवी क्षेत्रमा उत्पादन भएको महको माग समेत अत्याधिक रहेको हनी एडले जनाएको छ ।

काभ्रेको पनौती नगरपालिकाको पस्थली, कुशादेवी,भुमिडाँडाका महिलाहरु माहुरीवाटै आफ्नो जीवन फेरिनेमा विश्वस्त देखिएका छन् । ३ सय ५२ घरका महिलाहरुले सामुहिक रुपमा मौरीको मह निकाल्ने गरेका छन् । ‘सकेसम्म एकैदिन गाँउभरी मह निकाल्ने गरेका छौ’ मुना श्रेष्ठले भनिन् । एकै पटक मह निकाल्दा बजारमा लान सजिलो र कसको घारमा कति उत्पादन भयो भनेर चेकजाँच गर्न सजिलो भएको श्रेष्ठले बताईन् । भुकम्पमा परेर आफ्नो घर भत्केको पिडा थियो, माहुरीको घार पनि लडेको थियो तर माहुरीले राम्रोसँग एक महिनामै गज्जबको घार बनाएपछि हामीलाई भुकम्पपछिको जीवनमा फर्कन माहुरीले मद्धत ग¥र्याे श्रेष्ठले सुनाईन् । ‘ अब छोराछोरी पढाउन,घर खर्च चलाउन र हाम्रो जीवनशैलीमा समेत यसले परिर्वतन ल्याएको छ श्रेष्ठले भनिन् ।

सामुदायिक उत्थान मंञ्चका कोषाध्यक्ष गंगा श्रेष्ठले महिलाहरुले औधी लगाव दिएर मौरीको हेरचाह गरेको बताए । हामीले परिश्रम गर्ने माहुरी परिश्रमी महिलाहरुलाई दिन पाएकोमा औधी खुसी छौ । काभ्रेको पनौती नगरपालिका महिलाहरुले स्थानीय सरकारले समेत माहुरी उत्पादन, बजारको लागि सहयोग गर्न आवश्यक रहेको बताउँछन् । ‘मौरीले हाम्रो क्षेत्रमा राम्रो मह उत्पादन गरेको छ हामी सामुहिक रुपमा मह उत्पादन गर्न चाहन्छौ,स्थानीय सरकारले सहयोग गर्नु प¥र्याे’ शुसिला लामिछानेले थपिन् । समय–समयमा मौरीमा देखापर्ने तथा घार छोडेर भाग्ने समस्या समाधानको लागि स्थानीय सरकारले सहयोग पु¥याउन उनले माग गरेकी छिन् ।


तपाईको प्रतिक्रिया